JanataToday.com

Advertisment

SKIP THIS

लुम्बिनी प्रादेशिक अस्पतालबाट सबैतहका सेवा दिनेब्यबस्था मिलाउछौ : मन्त्री गिरी

लुम्बिनी प्रादेशिक अस्पतालबाट सबैतहका सेवा दिनेब्यबस्था मिलाउछौ : मन्त्री गिरी

रुपन्देही ।प्रदेश ५का उद्योग पर्यटन बन तथा बाताबरण मन्त्री लिला गिरीले लुम्बिनी प्रादेशिक अस्पतालबाट सबै तहका सेवा दिने ब्यबस्था मिलाउने बताए ।उपचारका लागी काठमान्डौ धाउने र वाहिर जाने ब्यबस्थाको अन्त्य गर्न प्रदेशसरकार ले गौरबको योजना बनाएर सुबिधा सम्पन्न अस्पताल बनाउन लागेको बताए ।
लुम्बिनी प्रादेशिक अस्पतालको एक सय १०औ बार्षिक उत्सब साप्ताहब्यापी कार्यक्रमको को समापन समारोहमा बोल्दै प्रमुख अतिथि गिरीले संघियता कार्यन्यन भएपनि कर्मचारीको मानसिकताको परिबर्तन नभएकोले परिर्बतन आबश्यक रहेको बताए । उनले गलत कामको प्रतिस्पर्दा होईन राम्रा काम को प्रतिस्पर्र्धा गर्नु पर्ने बताए ।मन्त्री गिरीले उपचार गर्न नसक्नेले लुम्बिनी प्रादेशिकमा जचाउने हा ेसक्नेहरु बाहिर जान्छन ।हतार हुने र भिडभाडमा उपचार गराउन नचाहने का लागी निजी अस्पताल रहेको बताए ।प्रमुख अतिथि समेत रहेका गिरीले संघियता कार्यन्यन संगै कर्मचारीमा केहि समस्या भएपनि मिलाउदै जाने बताएका छन ।


लुम्बिनी प्रादेशीक अस्पतालमा रहेका ११ तहका चिकित्सकलाई अन्य ठाउमा जानु नपर्ने बताउदै मन्त्री गिरीले आफनो जिम्बेबारीका साथकाम गर्नु पर्ने बताए । कामचोर कर्मचारीको मानसिकता त्याग्न उनले सबै कर्मचारीलार्ई आग्रह समेत गरे ।
कार्यक्रममा बिशिष्ठ अतिथी प्रदेश सभा अर्थ, उद्योग तथा पर्यटन समितिका सभापती दधिराम न्यौपानले साईनबोड बदलेपनि बिगतका कुरा बदल्न नसक्दा जनताले कुनैपनि ठाउमा बदलिएको अनुभब नभएको बताए ।

उनले हतियार बोकेर मात्र बिद्रोह नहुने भन्दै नयाकुरालाई सुरु गर्नु पनि बिद्रोह भएको बताए । न्यौपानेले लुम्बिनी प्रादेशिक अस्पतालमा चिकित्सक नर्स कुनै बाट पनि सर्बसुलभ र मुस्कान सहित बिरामीलाई सेवा दिन नसकेको बताए ।
सभापती न्यौपानेले चिकित्सलाई भने अस्पतालमा आउने हाजीर गर्ने अनि बाहिर किल्नीकमा जाने यो गर्न पाईन्छ कि पाईदैन प्रश्न गरे । काम अनुसारको सेवा सुबिधा नभएको भए आफुहरु पहल गर्न तयार रहेको वताए ।

प्रदेश सभाषद रमा अर्यालले सहज र सुलभ तरिकाले स्वास्थ्य सेवा यस लुम्बिनी प्रादेशिक अस्पतालबाट जनतालाई दिनु पर्ने ब्यबस्था मिलाउनु पर्ने बताईन ।यस क्षेत्रका जनताको स्वास्थ्य सेवाको लागी भरोसा को केन्द्र बिन्दु रहेको लुम्बिनी प्रादेशिक अस्पताल लाई प्रदेश बाट आबश्यक सहयोगको आबश्यक भए आफुहरुले पहल गर्ने बताईन ।
कार्यक्रममा लुम्बिनी प्रदेशिक अस्पतालका निर्बतमान अस्पताल बिकास समितिका अध्यक्ष रमेश खनालले अस्पतालको बारेमा निर्णय लिदा पहिला देखि काम गरेका ब्याक्ती हरु सङ्ग राय लिएको भए राम्रो हुने बताए।

सटर भत्काउनु भन्दा भित्र फर्काएर नया भवन नबन्दा सम्म सेवा दिन सकिने बताउदै खनालले ,११औं तहका डाक्टर राख्न सक्ने अस्पताल बनाउनु पर्ने बताए ।लुम्बिनी प्रादेशिक अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन डा राजेन्द्र खनालले अस्पतालको अबस्था अबको रणनिति बारे जानकारी गराएका थिए । उनले अस्पताल सुधारका लागी आफुजस्तोसुकै पहल गर्न पछि नपर्ने बताए ।
कार्यक्रममा सभापति एब अस्पताल बिकास समितिका अध्यक्ष सुर्य बहादुर भट्टराईले अस्पतालका कर्मचारीको मनोबल उच्चहुने तरिकाले काम गर्ने बताए । उनले बिगत केहि महिना देखी कर्मचारीले पाउदै आएको बिकास समिति रोकिएको मा तत्काल पहल गर्ने बताए ।अध्यक्ष भट्टराईले कर्मचारीलाई कामको लोड भढि भएको कारण मुस्कान सहितको सेवा नभएको बताउदै अब त्यसलाई बिस्तारै सुर्धादै लैजाने बताए ।
फागुन ९ गते देखी सुरु भएको सप्ताहब्यापी कार्यक्रममा बिभिन्न प्रतियोगितामा प्रथम दोश्रो र तेश्रो भएका लागी पुरस्कार बितर गरिएका थियो । सप्ताहब्यापी कार्यक्रमसंञ्चालन अस्पतालका नर्सिड प्रमुख ज्योती पौडेलले गरेकी थिईन ।

प्रकाशित मिति : बिहिबार, फाल्गुन १५ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij