JanataToday.com

Advertisment

SKIP THIS

पामिरमा जिल्लास्तरीय तेक्वान्दो

पामिरमा जिल्लास्तरीय तेक्वान्दो

 

तिलोत्तमा,।

पामिर इन्टरनेशनल एकेडेमी तिलोत्तमा–२ जानकीनगरले आफ्नो १२ औं वार्षिकोत्सवका अवसरमा आयोजना गरेको आयोजना गरेको जिल्लास्तरीय अन्तर विद्यालय तेक्वान्दो प्रतियोगितामा लुम्बिनी बोर्डिङ स्कुल च्याम्पियन भएको छ । ३ स्वर्ण र १ रजत पदक जित्दै लुम्बिनी बोर्डिङ च्याम्पियन भएको हो ।

त्यस्तै ३ स्वर्ण र ३ कास्यपदक जित्दै तिनाउ बोर्डिङ स्कुल दोस्रो भएको छ भने आयोजक पामिर एकेडेमी १ स्वर्ण, ३ रजत र ३ कास्य पदक जित्दै तेस्रो भएको छ । प्रतियोगितामा पामिरकी खुस्बु थापा उत्कृष्ट छात्रा तथा इडन बोर्डिङका अर्जुन मगर उत्कृष्ट छात्रबाट पुरस्कृत भएका छन् ।

छात्रछात्रा दुई विधामा २० केजी, २५ केजी, ३० केजी, ३५ केजी र ४० केजी समूहमा प्रतियोगिता गराइएको थियो । सहभागी विद्यार्थीहरुले १० स्वर्णका लागि प्रतिष्पर्धा गरेका थिए । प्रतियोगितामा लुम्बिनी बोर्डिङ, पामिर एकेडेमी, साइनिङ स्टार, बुटवल पब्लिक स्कुल, तिनाउ इङलिस स्कुल, इडन इङलिस स्कुल, ज्ञानपुञ्ज इङलिस स्कुल, स्कलर्सहोम बोर्डिङ स्कुल, गणेश पव्लिक, एम्स, बुद्धदिप र सिद्धार्थ बोर्डिङ स्कुलले भाग लिएका थिए । प्रतियोगिताको उदघाटन गर्दै तिलोत्तमा नगर खेलकुद विकास समितिका अध्यक्ष रजजेन्द्र गुरुङले विद्यार्थीहरुको शारीरिक र मानसिक विकासका लागि खेल अपरिहार्य रहेको बताए ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मोहन चापागाईले विद्यालयले खेलकुद प्रतियोगिताका साथै विभिन्न अतिरिक्त क्रियाकलापमा जोड दिंदै आएको बताए । त्यस अवसरमा नगर खेलकुद विकास समितिका सदस्य श्रीराम नेपाली, विद्यालयका प्राचार्य माधव अर्याल, नेपाल तेक्वान्दो संघ प्रदेश ५ का सदस्य रामु बरुण, राजकुमार पाण्डे, एभरेष्ट तेक्वान्दो डोजाङका प्रमुख सुरज श्रेष्ठ, खेल संयोजक राजिव क्षेत्रीलगायतले बोलेका थिए । कार्यक्रममा उत्कृष्ट प्रतियोगीलाई पुरस्कार वितरण समेत गरिएको थियो ।

प्रकाशित मिति : आइतबार, फाल्गुन १८ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij