JanataToday.com

Advertisment

SKIP THIS

भोलिदेखी बुटवलमा हुने प्रथम प्रादेशिक महोत्सवको तयारी पुरा

भोलिदेखी बुटवलमा हुने प्रथम प्रादेशिक महोत्सवको तयारी पुरा

बुटवल-भोलिदेखी बुटवलमा प्रथम प्रादेशिक लघु घरेलु साना तथा औद्येगिक कृषि प्रविधि व्यापार एवं पर्यटक महोत्सवको तथारी पुरा भएको छ ।

बुटवलमा हुन लागेको प्रथम प्रादेशिक लघु घरेलु साना तथा औद्येगिक कृषि प्रविधि व्यापार एवं पर्यटक महोत्सवलाई सफल बनाउनको लागि महिला संचारकर्मि र उद्योगी ब्यवसायीहरुले साझा प्रतिबद्दता जनाएका छन ।

नेपाल घरेलु तथा साना उद्योग महासघ प्रदेश महिला उद्यमी समिति प्रदेश नं ५को आयोजनामा गर्न लागिएको प्रादेशिक स्तरको महोत्सवलाई सफल पार्नको लागि उद्योगी ब्यवसायी संचारकर्मी संग गरिएको छलफलमा आ आफ्नो क्षेत्रबाट सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए ।

मेहनत सृजना उत्पादन र वस्तुःमेरै नेपालको’ भन्ने मुख्य नाराका रहेको महोत्सवको प्रदेश ५ का उद्योग पर्यटन वन तथा वातावरण मन्त्री लिला गिरीले उद्घाटन गर्ने कार्यक्रम तय भएको छ।

मेलामा करिब ३ सय स्टलको सहभागिता रहेको मेलाको सम्पूर्ण तयारी पुरा भएको प्रदेश महिला उद्यमी समिति प्रदेश ५ का संयोजक शान्ती शर्माले जानकारी दिनुभयो । महिलाको नेतृत्वमा भएको पहिलो मेला भएकोले सहयोग गर्न सबैलाई आग्रह गर्नुभयो।

चैत १२ गते सम्म सञ्चालन हुने महोत्सवमा स्वदेशी वस्तुको प्रवद्धनका लागि विशेष प्राथमिकता दिईएको महोत्सवले स्थानिय उत्पादनको दिगो बजारीकरणमा सहयोग पु¥याउने अपेक्षा रहेको संस्थाकी प्रदेश ५ महासचिव पार्वती अधिकारीले बताउनुभयो ।

एक करोडको आर्थिक कारोवार एवं ५ लाख दर्शकहरुले अवलोकन गर्ने लक्ष्य राखिएको छ ।महोत्सवमा राष्ट्रिय स्तरका लघु घरेलु तथा साना उद्योगहरुवाट उत्पालदित बस्तु एवं सामाग्रीहरु र प्रदेश ५ को मौलिक संस्कृतिको प्रर्दशनी, कृषि उत्पादन एवं प्रविधिको प्रदर्शनी, स्थानिय पर्यटकीय स्थलको जानकारी मुलक प्रदर्शनी, महिला उद्यामीहरुद्धारा उत्पादित हस्तकलाका सामाग्रि एवं वस्तुहरुको प्रर्दशनी, नविनतम प्रविधि एवं बैकल्पिक उर्जाको प्रदर्शनी,बैक तथा वित्तिय सघ संस्था एवं सेवा प्रदायक सघ संस्थाहरुको प्रर्दशनी,विभिन्न औघोगिक तथा व्यापारिक प्रतिष्ठानहरुवाट उत्पिादित वस्तु तथा सामाग्रिहरुको प्रर्दशनी लगायतका कुराहरु राखिने आयोजकले जनाएका छन् । फागुन २१ देखि चैत्र २ गते सम्म बुटवल उपमहानगरपालिका वडा न ११ देविनगर रंगशाला नजिकैको खुल्ला मैदानमा महोत्सव सञ्चानल हुने छ ।

प्रकाशित मिति : मंगलबार, फाल्गुन २० २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij