मास्कको कालोबजारी गर्ने कम्पनी तथा बिक्रेतालाई सरकारले कारबाही सुरु

मास्कको कालोबजारी गर्ने कम्पनी तथा बिक्रेतालाई सरकारले कारबाही सुरु

काठमाण्डौ
मास्क स्यानिटाइजर लगायतका मेडिकलजन्य सामग्रीको कालोबजारी गर्ने कम्पनी तथा बिक्रेतालाई सरकारले कारबाही सुरु गरेको छ ।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजारमा मास्क अभाव भएको गुनासोपछि बजारमा अनुगमन तीव्र बनाएको र लुकाउने तथा बढी मूल्यमा कारोबार गर्नेलाई कारबाही थालिएको जनाएको छ ।
विभागले हिजो काठमाण्डौको क्षेत्रपाटीमा रहेको नेपाल केयर सर्जिकल सप्लायर्सलाई मास्क लुकाएको आरोपमा दुई लाख रुपैयाँ र बिलबिना नै महँगोमा मास्क बिक्री गरेको आरोपमा सचिन ट्रेड कन्सर्नलाई १० हजार रुपैयाँ जरिबाना तिराएको छ । अन्य ८ वटा फर्मलाई सचेत गराइएको विभागले जनाएको छ ।
विभागले बुधबार पनि बजार अनुगमन गरी त्रिपुरेश्वरको खनाल सर्जरी सप्लायर्स, अर्चना सर्जिकल र फिस्टेल सर्जिकललाई पाँच हजार रुपैयाँका दरले जरिबाना तिराएको छ । उनीहरुले बिलबिना नै महँगोमा मास्क, स्यानिटाइजर लगायतका सामग्री बेचेको विभागले जनाएको छ ।
विभागले सोमबार त्रिपुरेश्वरकै स्वस्तिक सर्जिकल सप्लायर्सलाई २० हजार रुपैयाँ जरिबाना तिराएको जनाएको छ कोरोना भाइरसको सङ्क्रमण बढेसँगै बजारमा मास्क तथा अन्य मेडिकलजन्य सामग्रीको कालोबजारी बढेको गुनासो आइरहेको थियो ।

प्रकाशित मिति : बुधबार, फाल्गुन २१ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij