JanataToday.com

Advertisment

SKIP THIS

घरेलु साना तथा औद्येगिक महोत्सव:डान्स आईडलका कार्यक्रम जारी

घरेलु साना तथा औद्येगिक महोत्सव:डान्स आईडलका कार्यक्रम जारी

 

बुटवल,  ।

बुटवलमा जारी प्रथम प्रादेशिक लघु घरेलु साना तथा औद्येगिक कृषि प्रविधि व्यापार एवं पर्यटक महोत्सवमा बुटवल डान्स आईडलका कार्यक्रमहरु जारी छन् ।

नेपाल घरेलु तथा साना उद्योग महासघ प्रदेश महिला उद्यमी समिति प्रदेश नं ५को आयोजनामा गर्न सञ्चालीत प्रादेशिक स्तरको महोत्सवमा शुक्रबार बुटवल डान्स आईडलका टप १२ प्रतिष्प्रधीले प्रतिभा देखाएको आईडल संयोजक सुन्दर गुरुङ्गले बताए ।

शनिबार आईडलका टप टेन प्रतिष्प्रधीले सहभागिता जनाउने संयोजक गुरुङ्गले जानकारी दिए ।

आईडलको बिजेताले नगद ५० हजार ५ सय ५५ रुपैयाँ पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ ।

साथै मेलामा राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका कलाकारहरुले दर्शकलाई मनोराञ्जन प्रदान गराईरहेका छन् ।

चैत १२ गते सम्म सञ्चालन हुने मेला महिलाको नेतृत्वमा भएको पहिलो मेला भएकोले सहयोग गर्न प्रदेश महिला उद्यमी समिति प्रदेश ५ का संयोजक शान्ती शर्माले आग्रह गरीन् ।

महोत्सवमा स्वदेशी वस्तुको प्रवद्धनका लागि विशेष प्राथमिकता दिईएको महोत्सवले स्थानिय उत्पादनको दिगो बजारीकरणमा सहयोग पु¥याउने अपेक्षा रहेको संस्थाकी प्रदेश ५ महासचिव पार्वती अधिकारीले बताईन् ।

महोत्सवमा कृषि बनपैदावार, हस्तकला, उर्जा, वायोग्यास, सहित प्रर्यटन प्रवद्धनका स्टलहरुको पनि सहभागिता रहने छ ।

पेशागत सम्मानको वातावरण निमार्ण गरि लघु घरेलु उद्योग मार्फत युवाहरुलाई स्वरोजगार बनाउने लक्ष्य पनि राखिएको छ ।

महोत्सवमा राष्ट्रिय स्तरका लघु घरेलु तथा साना उद्योगहरुवाट उत्पालदित बस्तु एवं सामाग्रीहरु र प्रदेश ५ को मौलिक संस्कृतिको प्रर्दशनी, कृषि उत्पादन एवं प्रविधिको प्रदर्शनी, स्थानिय पर्यटकीय स्थलको जानकारी मुलक प्रदर्शनी, महिला उद्यामीहरुद्धारा उत्पादित हस्तकलाका सामाग्रि एवं वस्तुहरुको प्रर्दशनी, नविनतम प्रविधि एवं बैकल्पिक उर्जाको प्रदर्शनी,बैक तथा वित्तिय सघ संस्था एवं सेवा प्रदायक सघ संस्थाहरुको प्रर्दशनी,विभिन्न औघोगिक तथा व्यापारिक प्रतिष्ठानहरुवाट उत्पिादित वस्तु तथा सामाग्रिहरुको प्रर्दशनी लगायतका कुराहरु रहेको आयोजकले जनाएको छ ।
एक करोडको आर्थिक कारोवार एवं ५ लाख दर्शकहरुले अवलोकन गर्ने लक्ष्य राखिएको छ ।बुटवल उपमहानगरपालिका वडा न ११ देविनगर रंगशाला नजिकैको खुल्ला मैदानमा महोत्सव चलिरहेको छ ।

प्रकाशित मिति : शुक्रबार, फाल्गुन २३ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij