टिभिएसका अटो मेकानिक्सलाई दक्षता विकास तालिम

टिभिएसका अटो मेकानिक्सलाई दक्षता विकास तालिम

 

तिलोत्तमा   जगदम्बा मोटर्स (टीभीएस) को आधिकारिक बिक्रेता सनराईजिङ बिजनेश प्रालि मणिग्रामले अटो मेकानिक्सहरुको दक्षता विकास गर्नका निम्ति तालिम दिएको छ । नयाँ प्रविधियुक्त टीभीएस ब्रान्डका सवारीसाधनहरुको मर्मत गर्नका लागि मेकानिक्सहरुको दक्षता वृद्धि गर्न आवश्यक रहेको भन्दै ५० अटो मेकानिक्सहरुलाई तालिम दिइएको हो ।

तालिमको उदघाटन गर्दै तिलोत्तमा नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष चेतनारायण भण्डारीले अटो मेकानिक्सहरु दक्ष भएमात्रै सवारी साधनको आयू लम्बिने भएकाले तालिमबाट लाभ लिन आग्रह गरे । उनले अव यस्ताखाले तालिम नगरपालिकाले पनि सञ्चालन गर्दै जाने बताए ।

नेपाल अटो मेकानिक्स ट्रेड युनियनका केन्द्रीय अध्यक्ष जनक अधिकारीले दक्षता वृद्धिसम्बन्धी प्रशिक्षण लिएपछि नयाँ प्रविधिका सवारीसाधनहरु मर्मत गर्न नजानेर पेसाबाटै पलायन हुनुपर्ने अवस्था नरहने बताए । अटो मेकानिक्सहरुलाई नयाँ प्रविधिबारे सिकाउनु जरुरी भइसकेको भन्दै उनले मेकानिक्सहरुलाई स्थानीय सरकारले प्राविधिक शिक्षासँग जोड्नुपर्ने माग गरे ।

नेपाल अटो मेकानिक्स ट्रेड युनियनका प्रदेश ५ सचिव लक्ष्मण भण्डारीले सवारी दुर्घटना हुनुको एउटा कारण सवारीसाधनको समयमा मर्मत नहुनु पनि रहेको बताउँदै सवारी दुर्घटना न्यूनीकरणका लागि अटो मेकानिक्सहरुको भूमिका महत्वपूर्ण रहने बताए ।

जगदम्बा मोटर्सका क्षेत्रीय प्रवन्धक सन्तोष पारिकले सेवाग्राहीलाई सन्तुष्ट बनाएर पठाउनका लागि प्रशिक्षण कार्यक्रम लाभदायी हुने विश्वास व्यक्त गरे । नयाँ प्रविधिको विकाससँगै अटो मेकानिक्सहरुले पनि आफ्नो दक्षता विकास गर्न आवश्यक रहेको उनले बताए ।

कार्यक्रममा सर्भिस रिजनल म्यानेजर चिरन्जीवी चौधरी, सनराइजिङ बिजनेश प्रालिका प्रवन्ध निर्देशक केशव पाठकले तालिममा सिकेको सिप हासिल गरेर आफ्नो काममा लगाउन आग्रह गर्दै दक्षता हासिल गर्न यस्ता तालिम उपयोगी हुने बताएका थिए ।

प्रकाशित मिति : शनिबार, फाल्गुन २४ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij