रोट्रयाक्ट डाउनटाउन बाट नियमित रक्तदान

रोट्रयाक्ट डाउनटाउन बाट नियमित रक्तदान

बुटवल
सामाजिक कार्यमा अग्रसर रोट्रयाक्ट क्लब अफ़ बुटवल डाउनटाउनले नियमित रक्तदान कार्यक्रम सप्पन्न गरेको छ । रोट्याकट सप्ताह अन्तर्गत सात दिने कार्यक्रमहरु अन्तर्गत आज रक्तदान गरिएको क्लब का अध्यक्ष मधु भट्टराई ले बताउनुभयो।
बजारमा रगतको समस्या नहोस् र बिरामी लाई रगतको अभावले समस्या नहोस् भनी रक्तदान गरिएको कार्यक्रम सम्योजक सुनिल पन्थ ले जानकारि दिनुभयो २२ युनिट रगत संकलन गरिएको बताउनुभयो । कार्यक्रम मा क्लुब का पुर्ब अध्यक्ष कमल थापा, जनक दमासे, अजित घताने लगायतले आफ्ना धारणा राखेका थिए र क्लबले यो बर्ष समाज परिवर्तन का लागी गरेका धेरै काम हरुको प्रसन्सा व्यक्त गर्नुभयो ।क्लब ले प्रतेक ३ महिना मा रक्तदान गर्दै आइरहेको जनाउदै आगामी बृहत स्वास्थ शिबिरका कार्यक्रम हरु गरिने मुल सम्योजक कृष्ण घिमिरेले जानकारि गराउनुभयो भने कार्यक्रम संचालन सचिब सौरभ भुसाल ले गर्नुभएको थियो।

प्रकाशित मिति : बुधबार, फाल्गुन २८ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij