कोरोनाभाइरसको संक्रमण नेपाल प्रवेश गर्न नदिन सरकारलाई दलहरूको सुझाव

कोरोनाभाइरसको संक्रमण नेपाल प्रवेश गर्न नदिन सरकारलाई दलहरूको सुझाव

काठमाडौं,

विश्वभर फैलिरहेको कोरोनाभाइरसको संक्रमण नेपाल प्रवेश गर्न नदिन थप बलियो तयारी गर्न सरकारलाई दलहरूले सुझाव दिएका छन्।

बुधबार प्रधानमन्त्री कार्यालयमा बसेको सर्वदलीय बैठकमा सरकारको तयारी पर्याप्त नभएको भन्दै दलहरूले थप सतर्कता अपनाउन सुझाव दिएका हुन्। त्यसका लागि कोरोना संक्रमित मुलुकबाट आउने नेपालीलाई क्वारेन्टाइनमा राख्नुपर्ने दलहरुको सुझाव छ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता गगन थापाले कोरोना संक्रमित देशबाट आउने नागरिकहरूलाई क्वारेन्टाइनमा राख्नुपर्ने बताएका छन्।

‘अहिलेको अवस्थामा अलिक खर्चिलो होला तर सरकारले त्यसको व्यवस्था गर्नुपर्छ’ उनले भने। उनले कोरोनाको तयारी बलियो बनाउन सरकारले तत्काल सरकारी अस्पतालहरूको आइसियू क्षमता बढाउनुपर्नेमा जोड दिए। काठामाडौंका सरकारी अस्पतालहरूमा जम्मा ७० वटा आइसियू बेड रहेकोमा त्यसलाई तत्काल बढाउनुपर्ने उनको भनाइ छ।

छलफलमा सहभागी समाजवादी पार्टीका नेता राजेन्द्र श्रेष्ठले पनि सरकारको तयारी पर्याप्त नभएको बताउँदै पूर्वाधार विकासमा जोड दिनुपर्ने बताए। ‘कोही संक्रमित फेला परेमा व्यवस्थापनको लागि पर्याप्त पूर्वाधार छैन। त्यसलाई विकास गर्ने कुरा राख्यौं,’ उनले भने।

श्रेष्ठले प्रभावित देशहरूबाट आउने नागरिकहरूलाई रोक लगाउने विषयमा पनि दलहरूले सरकारको ध्यानकार्षण गराएको जानकारी दिए। छलफलमा स्वास्थ्यमन्त्री भानुभक्त ढकालले सरकारले कोरोनाविरुद्ध गरेका पूर्वतयारीबारे विस्तृत जानकारी गराएका थिए।

यस्तै उपभोग्य वस्तुको आपूर्ति थप सहज बनाउने विषयमा पनि छलफल भएको थियो।

छलफलमा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल सहभागी थिए। त्यस्तै नेपाली कांग्रेसका गगन थापा, बालकृष्ण खाँड र समाजवादी पार्टीबाट राजेन्द्र श्रेष्ठ सहभागी थिए।

उच्चस्तरीय समन्वय समितिका अध्यक्ष समेत रहेका उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले कोरोनाबारे छलफल गर्न सर्वदलीय बैठक डाकेका थिए।

प्रकाशित मिति : बुधबार, फाल्गुन २८ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij