तिलोत्तमा\
रुपन्देहीको तिलोत्तमा नगरपालिकालाई शुन्य पोलिथिनयुक्त नगरपालिका घोषणाको पुर्व सन्ध्यामा विज्ञसहितको टोलीले अनुगमन गरेको छ । बुधवार वातावरणविद्, शिक्षाविद्, पत्रकार सहीतको टोलीले तिलोत्तमा नगरपालिकाका सबै वडाको अनुगमन गरेको हो ।
तिलोत्तमा नगरपालिकालाई फागुन ३० गते शुक्रबार वृहत कार्यक्रम गरेर शुन्य पोलिथिनयुक्त नगरपालिका घोषणा गरिदै छ । यसैको पुर्व सन्ध्यामा अनुगमन गरिएको हो । अनुगमन टोलीले तिलोत्तमाका १७ वटै वडाहरु, राजमार्ग क्षेत्र, कृषिभुमी र खाली जमिन, औद्योगिक क्षेत्र, वनजंगल, १६-३६ कुलो क्षेत्र, सार्वजनिक स्थल, विद्यालय, स्वास्थ्यचौकी, नगरपालिका सीमाना लगायतको क्षेत्रको अनुगमन गरेको हो।
अनुगमनका क्रममा केही स्थानमा छिटफुट प्लाष्टिक बाहेक सबैक्षेत्र सामान्य देखिएको टोलीका सदस्य त्रिभुवन विश्व विद्यालयका प्राध्यापक डाक्टर भैया खनालले जानकारी दिनुभयो । अनुगमन टोलीमा त्रिभुवन विश्व विद्यालयका सह प्राध्यापक डाक्टर गणेश थापा, डाक्टर ईशान गौतम, अष्ट ज अभियान नेपालका महासचिव निलकण्ठ तिवारी, प्रदेश ५ कार्यालयका बलराम पोखरेल लगायतको विज्ञ टोली रहेको थियो ।
यस्तै कान्तिपुर दैनिकका प्रदेश ब्यूरो प्रमुख दिपेन्द्र बडुवालले नेतृत्व गर्नु भएको पत्रकारहरु टोलीमा राससका निरु गौतम,तिलोत्तमा दैनिकका झविन्द्र देवकोटा, अनलाईनखवर ,नागरिक आवाज तथा बुद्ध टेलिभिजनका कपिल ज्ञवाली, नागरिक दैनिकका विनोद परियार, नेपाल टेलिभिजनका केशव भण्डारी लगायतले अनुगमन गर्नु भएको थियोे ।
प्रकाशित मिति : बुधबार, फाल्गुन २८ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्