बुटवल ।
कोरोना भाइरस संक्रमणको आशंकामा बुटवलमा एक जनालाई अस्पतालमा भर्ना गरिएको छ ।२१ वर्षका एक युवकलाई बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालको आइसोलेसनमा राखिएको अस्पतालका कोरोना फोकल पर्सन डा सुदर्शन थापाले बताउनुभयो डा थापाका अनुसार ती युवामा कोरोना भाइरसको संक्रमणका कारण देखिने लक्षणसंग मिल्दाजुल्दा लक्षणहरु देखिएका छन् । ‘तर कोरोना नै हो कि होइन भनेर पूर्ण परीक्षण गर्न बाँकी छ’ थापाले भन्नुभयो ‘भोलि नमूना परीक्षणका लागि काठमाडौं पठाउँदैछौं ।’
प्रकाशित मिति : बिहिबार, फाल्गुन २९ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्