नेपालमा कोरोना संक्रमण नभएको सरकारकोे दावी, ६ जना आइसोलेसनमा भर्ना

नेपालमा कोरोना संक्रमण नभएको सरकारकोे दावी, ६ जना आइसोलेसनमा भर्ना

काठमाडौं । सरकारले नेपालमा कुनै पनि कोरोना संक्रमित नलुकाइएको स्पष्ट पारेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता विकास देवकोटाले हालसम्म ४५० जनाको कोरोना परीक्षण गरिएको र कुनै पनि बिरामी नलुकाइएको बताउनुभएको हो ।

संक्रमित देशबाट आएका मानिसलाई कोरोना नभएको सर्टिफिकेट मागिएको र संक्रमीत क्षत्रबाट आउनेहरुलाई अनिवार्य होम क्वारेन्टाइनमा बस्नुपर्ने उहाँको भनाई छ ।

देवकोटाका अनुसार ४५० जनामा परीक्षण गरिएकोमा एकजनामा मात्र कोरोना देखिएको छ । ६ जना आइसोलेसनमा भर्ना छन् । टेकुमा चारजना र दुईजना पाटन अस्पतालमा रहेका छन् ।

कोरोना हाल नेपालमा माहामारीको रुपमा नदेखिएको प्रवक्ता देवकोटाले बताउनुभयो । उहाँले काठमाडौमा १५५ वटा आइसोलेसन तयारी अवस्था रहेको र पाटन विज्ञान प्रतिष्ठान, सशस्त्र प्रहरी अस्पताल पहिले नै तयारी अवस्थामा भएको जानकारी दिनुभयो ।

अहिले ४३ नाकामा स्थानीय तहका स्वास्थ्यकर्मीसहित हेल्थ डेक्स स्थापना गरिएको पनि उहाँले जानकारी गराउनुभयो ।

प्रकाशित मिति : बिहिबार, फाल्गुन २९ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij