JanataToday.com

Advertisment

SKIP THIS

कोराना भाइरसको त्रासः शिवराजले गर्‍यो हाट बजार बन्द

कोराना भाइरसको त्रासः शिवराजले गर्‍यो हाट बजार बन्द

चन्द्रौटा ।
नाबेल कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै शिवराज नगरपालिकाले स्थानीयस्तरमा लाग्ने साप्ताहिक हाट बजार बन्द गर्ने भएको छ ।
मंगलबार बसेको नगर स्तरीय विपद व्यवस्थापन समितिले कोरोनाबाट बच्न यस्तो निर्णय गरेको हो । कोरोनाबाट बच्च बैठकले भिडभाडमा नजान पनि सबैमा अनुरोध गरेको छ ।
बैठकले उच्च सर्तकता अपनाउने र नगरका जनतालाई सु सुचित गर्न विभिन्न जनचेतना मुलक अभियान संचालन गर्ने, भिडभाड, भोजभतेर पार्टी सभा सम्मेलन नगर्न अनुरोध गरेको छ ।
हाट बजारहरुमा भिडभाड धेरै हुने र भारतीय व्यापारी पनि गर्न आउने हुनाले संभावित कोरोनाको संक्रमण फैलिन नदिन हाट बजार संचालन रोकिएको विपद व्यवस्थापन समिति संयोजक तथा नगर प्रमुख नेत्रराज अधिकारीले बताए । विश्वका अधिकांश देशमा कोरोनाको संक्रमण तीव्र रुपमा फैलिरहेको छ । नेपालमा भने अहिले कुनै पनि व्यक्तिमा कोरोनाको संक्रमण भएको पाइएको छैन ।
कोरोनाको संक्रमण नदेखिए पनि सरकारले सचेत रहदै संक्रमणबाट बच्ने उपायहरु अपनाउनु पर्ने उनले बताए । कोरोनाको संभावितहरुका लागी नगरपालिकामा रहेको संजिवनी सामुदायिक अस्पताल र चन्द्रौटा हस्पिटल प्रा।लि।मा तत्कालका लागी १÷१ वटा आइशोलेशन वार्ड तयार गर्न लगाइएको प्रमुख प्रशासकीय अधिकृत शेषकान्त पौडेलले बताए ।

खुला सिमा रहेको र भारतमा समेत कोरोना भाइरसको संक्रमण देखिएको अवस्थामा कृष्णनगर नाकामा स्वास्थ्य हेल्प डेक्स संचालन भएको उनले बताए । अहिले भारतबाट नेपाल तर्फ आउनेहरुको संख्या चाढपर्वमा जस्तै बढेकोले अझ सतर्कता अपनाउनु पर्ने उनले जनाए । धेरै भन्दा धेरै अपनाउनु पर्ने सर्तकताबारे संचार माध्यमबाट प्रचार प्रसार भइरहेको पौडेलले जनाए ।

प्रकाशित मिति : मंगलबार, चैत्र ४ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij