JanataToday.com

Advertisment

SKIP THIS

शाइन रेसुंगा डेभलपमेन्ट बैंकले आफ्ना शेयरधनीहरुलाई १५ प्रतिशत बोनस शेयर बांड्ने

शाइन रेसुंगा डेभलपमेन्ट बैंकले आफ्ना शेयरधनीहरुलाई १५ प्रतिशत बोनस शेयर बांड्ने

बुटवल।
बुटवलमा केन्द्रीय कार्यालय रहेको शाइन रेसुंगा डेभलपमेन्ट बैंक लिले आफ्ना शेयरधनीहरुलाई १५ प्रतिशत बोनस शेयर बांड्ने निर्णय गरेको छ । बैंक सञ्चालक समितिको चैत १ गते बसेको वैठकले आर्थिक वर्ष २०७५।७६ को वितरणयोग्य मुनाफाबाट १५ प्रतिशत बोनस शेयर बांड्ने निर्णय गरेको हो । नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपश्चात आउंदो साधारणसभाबाट पारित गरेर बोनश शेयर वितरण गरिने बैंकका प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेलले बताए । ३९ करोड ३४ लाख रुपैयां मुनाफा बराबरको १५ प्रतिशत बोनस शेयर वितरणपछि बैंकको चुक्ता पुंजी तीन अर्ब एक करोड हुने छ । हाल बैंकको चुक्ता पुंजी दुई अर्ब ६२ करोड रुपैयां छ । स्थापना हुंदाको ६ करोडबाट बैंकले ११ वर्षको अवधिमा ५० गुणाले चुक्ता पुंजी बृद्धि गर्न सफल भएको प्रमुख कार्यकारी अधिकृत पौडेलले जानकारी दिए । देशभरका करिब दुईदर्जन विकास बैंकमध्ये पुस मसान्तसम्मको विवरणमा सबैभन्दा धेरै नाफा कमाउने बैंकमा नाफा शाइन रेसुंगा पांचौं स्थानमा रहेको छ । बैंकले हाल २७ अर्ब ६५ करोड निक्षेप संकलन र २४ अर्ब ८५ करोड रुपैयां कर्जा प्रवाह गरेको र कूल कर्जा मध्ये पुस मसान्तसम्म उत्पादनशील क्षेत्रमा २६।२७ प्रतिशत र कृषि लगायत ब्याज अनुदानमा आधारित कर्जा १५।३० प्रतिशत लगानी गरेको बैंकका नायब महाप्रबन्धक सार्जन भट्टराईले जानकारी दिए । २०६५ फागुनमा तीन जिल्ला कार्यक्षेत्र रहने गरी बुटवलमा स्थापना भएको शाइन डेभलपमेन्ट बैंक र २०६४ असोजमा गुल्मी जिल्ला कार्यक्षेत्र बनाई स्थापना भएको रेसुङ्गा विकास बैंक २०६९ सालमा मर्ज भई १० जिल्ला कार्यक्षेत्रसहित शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक बनेको र शाइन रेसुंगाले प्यूठान कार्यक्षेत्र रहेको गौमुखी विकास बैंकलाई २०७३ जेठमा गाभेको थियो । गतवर्ष मात्रै तीन जिल्ला कार्यक्षेत्र रहेको पूर्णिमा विकास बैंक र पांच जिल्ला कार्यक्षेत्र रहेको भार्गव विकास बैंक लिमिटेडलाई प्राप्ति ९एक्विजिशन० गरी गत असोजबाट एकीकृत कारोबार शुरु गरेको थियो ।
बैंकको अहिले प्रदेश ५ का १० जिल्ला रोल्पा र रुकुम वाहेक० तथा प्रदेश ३ को चितवन र गण्डकी प्रदेशको बागलुङ गरी १२ जिल्लामा ७० वटा शाखा कार्यालय सञ्चालन गरिरहेको र बैंकको ग्राहक संख्या चार लाख भन्दा बढी पुगेका बैंकका वरिष्ठ प्रबन्धक लालमणि पन्थीले जानकारी दिए । बैंकले निकट भविष्यमै संघीय राजधानी काठमाडौंसहित अन्य प्रदेशका मुख्य शहरहरुमा शाखा कार्यालय स्थापना गर्ने तयारी गरिरहेको छ । राष्ट्रियस्तरमा स्तरोन्नति भएपनि बैंकले प्रदेश ५ लाई नै मुख्य आधार÷केन्द्र बनाएर देशव्यापी शाखा विस्तार गर्ने र राष्ट्रकै अग्रणी विकास बैंक बन्ने लक्ष्यमा रहेको प्रमुख कार्यकारी अधिकृत पौडेल बताउंछन् । शुरुदेखि नै इथिकल बैंकिङ, संस्थागत सुशासन र आन्तरिक नियन्त्रणलाई पारदर्शितालाई अंगालेर अघि बढेकाले फरक फरक भूगोलका पांचवटा बैंकको मर्जर सफल भएर झनै बलियो र विश्वासिलो बैंकको रुपमा अघि बढेको पौडेलले स्पष्ट पारे । हाल प्रदेश ५ मा मात्रै बैंकका ६८ वटा शाखा कार्यालय छन् । प्रदेश ५ मा शाखा रहेका समग्र बैंकहरु मध्ये सबैभन्दा धेरै शाखा कार्यालय र आर्थिक कारोबार हुने बैंक पनि शाइन रेसुंगा नै हो । कूल नाफाको एक प्रतिशत रकम संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सामाजिक कार्यमा खर्च गर्नुपर्ने राष्ट्र बैंकको नीति अनुसार शिक्षा,स्वास्थ्य, सरसफाई,दुर्घटना न्यूनिकरण र बित्तीय साक्षरता बृद्धिका लागि पनि काम गर्दै आएको बैंकका नायब प्रमुख कार्यकारी अधिकृत पुश्करराज जोशीले बताए । बैंकले केन्द्रीय कार्यालयको नयां पांचतले भवन बुटवल–११ कालिकानगरमा निर्माणको अन्तिम चरणमा पुयाएको जनाएको छ ।

प्रकाशित मिति : मंगलबार, चैत्र ४ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij