JanataToday.com

Advertisment

SKIP THIS

दिल्लीबाट आएको बसमा तस्करीका सामान

दिल्लीबाट आएको बसमा तस्करीका सामान

भैरहवा –भारतको दिल्लीबाट नेपाल आउँदै गरेको बसमा भन्सार छलीगरी ल्याएको अवैध सामाग्री शसस्त्र प्रहरीले पक्राउ गरेको छ ।
दिल्लीबाट बुटवल आउँदै गरेको लु२ ख ३४८५ नम्बरको बसमा शसस्त्र प्रहरी बलको ३८ नम्बर गुल्मले बिहीबार बिहान चेकजाँचको क्रममा एक लाख बढीको कपडा तथा अन्य सामाग्री बरामद गरेको हो । भन्सारबाट चेकजाँच भएर बाहिरिएको उक्त बस शसस्त्र प्रहरीको राजस्व सुरक्षा गुल्मले चेकजाँच गर्दा बसमा फल्स बटम बनाई अवैध कारोबार गरिएको भेटिएको शसस्त्र प्रहरी नायब उपरिक्षक मान बहादुर शाहीले जानकारी दिए । बसमा लेडिज लेगिज, दुपट्टा, सुट, टप्स, मदिरा, केमिकल लगायतका सामानलाई फल्स बटम बनाई लुकाईएको अवस्थामा बरामद गरिएको शाहीले बताए ।
बरामद भएको सामान र सामान ओसार्न प्रयोग भएको बस गरी करिब ४६ लाख २५ हजार ८ सय रुपैया बराबरको सामान थप कार्यवाहीको लागी भैरहवा भन्सार कार्यालय पठाइएको शाहीले बताए । यस अघि पनि भारतबाट आउने बसमा तस्करीका बिभिन्न सामाग्रीहरु भेटिने गरेका छन् ।
भैरहवा भन्सार कार्यालयमा चेकजाँच हुने ब्यवस्था भए पनि कार्यालयका कर्मचारीहरुको मिलेमतोमा यस्ता सामाग्री निर्वाध रुपमा नेपाल भित्रिने गरेका छन् ।

प्रकाशित मिति : बिहिबार, चैत्र ६ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij