JanataToday.com

Advertisment

SKIP THIS

कोरोनाको प्रभाव : मारमा पर्यटन व्यवसायी

कोरोनाको प्रभाव : मारमा पर्यटन व्यवसायी

रुपन्देही – कोरोना भाइरसको प्रभावका कारण यस क्षेत्रका पर्यटन व्यवसायी मारमा परेका छन् ।
चिनबाट कोरोनाको संक्रमण शुरु भएपछी स्वदेशी तथा विदेशी पर्यटकहरु नआउदा पर्यटन व्यवसायमा प्रभाव परेको हो । कोरोनाका कारण सबै बुकिङ रद्ध भएपछी होटलहरु सुनसान छन् ।
पर्यटकहरु नहुदा व्यवसाय बन्द हुने अवस्थामा पुगेको सिद्धार्थ होटल एसोशिएसन नेपालका अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठले गुनासो गर्नुभयो । “होटलमा एउटा पनि गेष्ट छैन, खर्च व्यवस्थापनमा समस्या भएको छ, उहाँले भन्नुभयो, “एक महिनाको लागि सड डाउन गर्ने तयारीमा छौ ।” अध्यक्ष श्रेष्ठले सरकारले व्यवस्थापन गर्न सके क्वारेन्टाइन बनाउन होटलहरु दिन तयार रहेको बताउनुभयो ।
रोगको प्रकोपले सबैभन्दा बढी असर उपभोग र पर्यटन उद्योगमा परेको हो । यसले व्यावसायिक मनोबलमा ठूलो गिरावट ल्याएको छ । अहिले तारेदेखि सामान्य होटलसम्म सुनसान देखिन थालेका छन् । विदेशी पर्यटक जाने तारे होटल देखि आन्तरिक पर्यटकका कारण चलेका सामान्य होटलहरु सुनसान छन् । यस्तो अवस्थामा सरकारले कर तथा वित्तिय क्षेत्रको ऋण छुट गरेर व्यवसायीलाई राहात दिनुपर्ने व्यवसायीहरुले माग गरेका छन् ।
तारेदेखि सामान्य होटलसम्मले ग्राहक आउन कम भएपछि सञ्चालन खर्च कम गर्न कर्मचारीलाई बेतलवी बिदा दिन थालेका छन् ।
कोरोनाको प्रभाव बुद्ध जन्मस्थल लुम्बिनीमा पनि देखिएको छ । स्वदेशी तथा विदेशी पर्यटकहरुको चहलपहल हुने लुम्बिनी अहिले सुनसान छ । खुल्ला सिमानाका कारण भारतीय र केहि स्थानीय पर्यटकहरुको उपस्थिति मात्रै देखिएको छ । पर्यटक नभएपछी लुम्बिनीका व्यवसायीहरु फुर्सदिला बनेका छन् ।
लुम्बिनी विकास कोषको तथ्यांक अनुसार अनुसार अहिले दैनिक ५÷६ सय पर्यटकहरु लुम्बिनी पुग्छन् । बुधबार ६ सय ९९ जना स्वदेशी तथा पर्यटकहरुले लुम्बिनीको भ्रमण गरे । ती मध्ये ५ सय ५४ जना नेपाली, १ सय २२ जना भारतीय र २३ जना विदेशी पर्यटकहरुले लुम्बिनी भ्रमण गरेका छन् । मंगलवार ६ सय ८० जना पर्यटकले लुम्बिनी घुमे । जसमा जसमा ४ सय ४४ जना नेपाली, १ सय १४ जना भारतीय र २२ जना विदेशी पर्यटक थिए । सोमबार ४ सय ८२ जना पर्यटकहरुले लुम्बिनीको भ्रमण गरेको लुम्बिनी विकास कोषका सूचना शाखाका मुकुन्द गौतमले जानकारी दिनुभयो । यी पर्यटक मध्ये थोरैले मात्र लुम्बिनीमा रात बिताउँछन् । कोरोनाको प्रभावका कारण लुम्बिनीका होटलहरु बन्द हुने अवस्थामा पुगेको लुम्बिनी होटल संघका अध्यक्ष मिथुनमान श्रेष्ठले जानकारी दिनुभयो । “ होटल खाली छ , कर्मचारीलाई तलव कसरी व्यवस्थापन गर्ने भन्ने समस्या छ, यस्तै अवस्था रहे अकौ महिनासम्म बन्द गर्नुपर्ने अवस्था हुन्छ ।” उहाँले भन्नुभयो ।
लुम्बिनी क्षेत्रमा पर्यटकहरुलाई लक्षित गरेर खोलीएका पसलहरु पनि सुनसान छन् । कोरोनाको प्रभाव शुरु भएसंगै व्यवसाय प्रभावित भएको लुम्बिनी पर्यटन व्यवसायी संघका सचिव पिन्टु बाँनीयाले बताउनुभयो ।
कोरानो भाइरसको प्रभाव पर्यटकीय स्थलहरुमा पनि देखिएको छ । लुम्बिनी सहित प्रदेशका विभिन्न जिल्लाका पर्यटकीय स्थलहरु सुनसान छन् ।
अहिले पर्यटन क्षेत्रमा वित्तीय क्षेत्रको ऋण लगानी छ । होटल नचलेर पर्यटन आय घटेपछि व्यवसायीलाई ऋण तिर्न समस्या हुने देखिएको छ । पर्यटकीय सिजनकै समयमा कोरोनाको प्रभावका कारण पर्यटक आवागमन न्यून भएपछि व्यवसाय नै धरासायी हुने अवस्थामा पुगेको व्यवसायीहरुले गुनासो गरेका छन् ।

प्रकाशित मिति : शनिबार, चैत्र ८ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij