५५औं अन्तर्राष्ट्रिय जातीय विभेद उन्मुलन दिवस आज

५५औं अन्तर्राष्ट्रिय जातीय विभेद उन्मुलन दिवस आज

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले दलीत समुुदायलाई राज्यको मूल प्रवाहमा ल्याई आत्मसम्मानका साथ बाँच्न पाउने आधार तयार गर्न र न्यायमा पहुुँच पुर्‍याउन नीति तथा कार्यक्रममार्फत सरकारले काम अघि बढाउने बताएका छन्‌।

अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवसका अवसरमा आज एक सन्देश दिँदै प्रधानमन्त्री ओलीले सबै प्रकारका विभेद विरुद्धको आन्दोलनमा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्ने ज्ञात-अज्ञात शहीदप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन्‌। प्रधानमन्त्रीले सन्देशमा भनेका छन्‌, नेपालको एकीकरणलगायत राजनीतिक परिवर्तनका लागि भएका हरेक प्रजातान्त्रिक आन्दोलनमा नेपाली दलितले निभाएको बलिदानीपूूर्ण भूमिकाको उच्च प्रशंसा गर्न चाहन्छु।

जातीय एवं सांस्कृतिक विविधतायुुक्त सयौँ थुुँगा फूलका एउटै मालाको प्रतिविम्बका रूपमा रहेको देशमा सबै फूलहरूलाई फुल्ने र फक्रने वातावरण तयार गर्न सरकार सरकार दृढताका साथ अगाडि बढने उनको भनाई छ। अन्धविश्वास र अचेतनाबाट लाभ उठाएर गरिने मानवताविरोधी क्रियाकलाप अन्त्य गर्न सामाजिक अभियान चलाउन आवश्यक रहेको प्रधानमन्त्रीको सन्देशमा उल्लेख छ।

यसअघि विभिन्न चेतनामुलक कार्यक्रम गरेर मनाइने गरिएपनि कोरोना भाइरसको महामारीका कारण औपचारिक कार्यक्रमहरू भने रोकिएका छन्। संयुक्त राष्ट्रसंघले सन् १९६६ मा जातीय विभेद उन्मुलन सम्बन्धी महासन्धी पारित गरेपनि नेपालले सन् १९७१ मा मात्रै त्यसलाई अनुमोदन गरेको थियो। सन् १९६० मार्च २१ मा दक्षिण अफ्रिकाको तत्कालीन गोरा सरकारले काला जाति माथि दमन गर्न रङ्गभेदी नीति लागू गर्दा काला जातिहरुले विरोध गरेका थिए। त्यतिबेला प्रहरीले दमन गर्दा ६९ जना कालाजातिको मृत्यू भएको स्मरणमा अन्तर्राष्ट्रिय जातीय विभेद उन्मुलन दिवस मनाउन थालिएको हो।

प्रकाशित मिति : शनिबार, चैत्र ८ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij