स्वतन्त्र सिलाई व्यवसायी द्धारा निःशुल्क माक्स वितरण

स्वतन्त्र सिलाई व्यवसायी द्धारा निःशुल्क माक्स वितरण

बुटवल

लुम्बिनी स्वतन्त्र सिलाई व्यवसायी संघ रुपन्देहीले बुटवलकोे नयाँ बसपार्कमा निःशुल्क माक्स वितरण गरेको छ ।
विश्व व्यापी फैलिरहेको कोरोना भाइरस नियन्त्रणका लागि सचेतना तथा निःशुल्क  माक्स वितरण कार्यक्रम अन्र्तगत १ हजार पीस माक्स वितरण गरिएको छ ।

Image may contain: 8 people, including Pratap Pariyar, people standing

संघका अध्यक्ष प्रताप परियारको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अथिति संविधान सभा सदस्य तथा  राष्ट्रिय दलित पत्रकार संघका केन्द्रीय अध्यक्ष विनोद पहाडी रहेका थिए । कार्यक्रममा बोल्दै पहाडीले अन्य देशमा कोरोना संक्रमणले थलापारेको अबस्थामा नेपालमा कोरोना भाइरसको जति हल्ला भएपनि स्वास्थ्य क्षेत्रमा १ जना व्यक्तिमा समेत संक्रमित नभएकोले त्यति आत्तीनु नपर्ने र सबै नागरिक आफ्नो ठाउँमा सजगता अपनाउनु पर्ने बताए ।

Image may contain: one or more people, people sitting and outdoor

अध्यक्ष प्रताप परियारले बोल्दै स्वतन्त्र सिलाई व्यवसायीले आफ्नो कला अनुसार आफै कपडाको माक्स बनाएर केही भएपनि नियन्त्रण रहोस भन्ने उद्येश्यले संघले निःशुल्क माक्स वितरण गरेको बताए ।

Image may contain: 3 people, crowd and outdoor त्यस्तै संघले १ हप्ताभित्र तिलोत्तमा, सैनामैना, देवदह नगरपालिका लगायतका क्षेत्रमा ५ हजार माक्स वितरण गर्ने योजना रहेको कार्यसमिति सदस्य राजु छिनालले बताए । कार्यक्रममा बरिष्ठ उपाध्यक्ष सम्भु राई,सह–सचिव रविन रायमाझीलगायतको उपस्थित रहेको थियो । कार्यक्रमको सञ्चालन संघका सचिव कमल छिनालले गरेका थिए ।

Image may contain: 7 people, including Pratap Pariyar, people standing and outdoor

प्रकाशित मिति : शनिबार, चैत्र ८ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij