JanataToday.com

Advertisment

SKIP THIS

बैंकको ब्याज मिनाहा गर्न तिलोत्तमा उद्योग बाणिज्य संघको माग

बैंकको ब्याज मिनाहा गर्न तिलोत्तमा उद्योग बाणिज्य संघको माग

 

तिलोत्तमातिलोत्तमा उद्योग वाणिज्य संघ रुपन्देहीले हाल विश्वभर फैलिएको कोरोना भाइसरस (कोभिड –१९)को असर यस क्षेत्रका उद्योग ब्यवसाय लगायत सम्पुर्ण क्षेत्रमा परेको र यसको जोखिम तथा त्रासका कारण आर्थिक गतिविधिमा आईरहेको सुस्तता र असहजतालाई ध्यानमा राखि उद्योग व्यवसाय क्षेत्रको राहतका लागि यस अवधिको बैंक तथा वित्तिय संस्थाको ब्याज मिनाहा गर्न सम्बन्धित बैंक तथा वित्तिय संस्थाहरुसँग माग गरेको छ ।

यसका साथै संघले वर्तमान विषम परिस्थितिमा अत्यावश्यक वस्तुहरु औषधी, मास्क, सेनेटाइजर लगायत खाद्यान्न तथा पेट्रोलियम पदार्थहरुको व्यवस्थापन, बिक्री वितरण र ढुवानी कार्य पारदर्शाी र प्रभावकारी ढंगबाट गरी आम उपभोक्ताहरुलाई सेवा दिन उद्यमी व्यवसायीहरुलाई अपिल गरेको छ ।

संघका अध्यक्ष गुणनिधी भण्डारी (माधव) ले आईतबार एक विज्ञप्ति जारी गरी वर्तमान जटिल अवस्थामा उद्योग, व्यवसाय लगायत सबै क्षेत्रले आ– आफ्नो स्थानबाट भविष्यमा आइपर्ने विपत्ति समेतलाई मध्यनजर गर्दै आ– आफ्नो भूमिकालाई प्रभावकारी ढंगबाट निर्वाह गर्नुपर्ने समय आएकोले कृत्रिम अभाव श्रृजना गराई कालोबजारी गर्ने कार्य नगर्न नगराउन सम्वन्धित उद्योगी ब्यवसायीलाई अपिल गर्नुभएको छ । अनुगमनका क्रममा यस्तो कार्य गरेको पाइएमा नेपाल सरकारको ऐन कानुन बमोजिम कारबाही सहित मालसामान जफत हुने कानुनी व्यवस्था रहेकाले सचेत रहन उद्योगी ब्यवसायीलाई विज्ञप्ति मार्फत आग्रह गरिएको छ ।

विज्ञप्तिमा बजारमा दैनिक उपभोग्य वस्तुहरुको मौज्दात पर्याप्त रहेकाले अनावश्यक खरिद एवं भण्डारणको कार्य नगर्न नगराउन आम उपभोक्ता वर्गमा समेत अपिल गरिएको छ । यस्तै अत्यावश्यक काम बाहेक भारततर्फ आवत जावत नगर्न तथा भारतीय बजारबाट खाद्य वस्तुहरु ल्याउने कार्य बन्द गर्न समेत संघले विज्ञप्ति मार्फत सम्बन्धित सबैमा अनुरोध गरेको छ ।

वर्तमान विषम परिस्थितिमा नेपाल सरकार, प्रदेश सरकार–प्रदेश नं ५ र स्थानीय निकायहरुसँग सहकार्य गर्दै कोरोना भाइसर रोकथाम तथा न्यूनिकरण सम्बन्धी जनचेतनामूलक कार्यक्रम र अनुगमन लगायतका कार्यमा समेत संघ क्रियाशिल रहंदै आएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

यस्तै संघले कोरोना भाईरसको संक्रमण र जोखिमबाट बच्न सोमवारदेखि अर्को सूचना जारी नभएसम्मका लागि संघको कार्यालयवाट प्रवाह गरिने सवै कार्यहरु समेत बन्द गरेको छ ।

प्रकाशित मिति : आइतबार, चैत्र ९ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij