विद्यार्थिलाई निशुल्क घर जाने व्यवस्था गर्न नेपाल सरकारसँग माग

विद्यार्थिलाई निशुल्क घर जाने व्यवस्था गर्न नेपाल सरकारसँग माग

काठमाडौं । नेपाल विद्यार्थी संघ नेविसंघले घर जान चाहने बिद्यार्थीलाई निशुल्क जाने व्यवस्था गर्न नेपाल सरकारसँग माग गरेको छ ।

विश्व महामारीको रुप लिदै गरेको कोरोना भाइरस कोभिड १९० को संक्रमणले दैनिक जनजीवन र सामाजिक व्यवस्था नखलबलियोस् भन्दै नेविसंघका अध्यक्ष राजिव ढुंगानाले विज्ञप्ती जारी गर्दै सरकार र सम्बन्धित सरोकारवालाहरुलाई आइतबार ध्यानाकर्षण गराएका हुन् ।

नेविसंघले हवाई सेवा संचालकहरुले देशका हरेक रुटमा चार्टर उडानका नाममा बढी भाडा असुलेको र पहिले दिई आएको छुट सुविधा समेत हटाएको भन्ने खबरहरु आएकोले सो नगर्न चेतावनी दिएको छ ।

उपत्यकाबाहिर घर भएका र घर जान इच्छक विद्यार्थीहरुलाई सरकारले निःशुल्क घर पठाउने व्यवस्था गर्न नेविसंघको माग छ । काठमाण्डौमा घर बहाल लिएर बसेका विद्यार्थीहरुलाई संकट अवधिभर ५०५ घरभाडा छुट हुने व्यवस्था मिलाइयोस् नेबिसंघ महामन्त्री युवराज पाण्डेले भने ।

जनतालाई घर बसीबसी सूचना प्राप्त गर्न र घरमा समय विताउन सहजताका लागि सरकारले इन्टरनेट सेवा प्रदायकहरुलाई सहलियत वा कर छट दिएर संकट अवधिभर इन्टरनेट सेवा निशुल्क उपलब्ध हुने व्यवस्था गर्न नेविसंघको आग्रह छ ।

नेपालसँग सीमा जोडिएका भारतीय प्रान्तहरुमा पनि कोरोनाको प्रकोप फैलिदै गएकोले भारतीय नाकाहरुमा आवत जावत पूर्ण रुपमा बन्द गरियोस् । अत्यावश्यक उपभोग्य वस्तुहरुको कृतिम अभाव, महंगी र कालाबजारीको प्रभावकारी अनुगमन र नियन्त्रण गरियोस्ु, नेबिसंघका अध्यक्ष राजिव ढुंगानाद्वारा जारी विज्ञाप्तिमा उल्लेख छ ।

प्रकाशित मिति : आइतबार, चैत्र ९ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij