चितवन – ‘लकडाउन’ उल्लङ्घन गरेर घरबाहिर निस्केका १० जना चितवनबाट पक्राउ परेका छन् सरकारले नागरिकको स्वास्थ्यकै लागि लकडाउन गरेको तर सडकमा आएर सरकारी निर्देशनको उल्लङ्घन गरेकाले पक्राउ गरिएको चितवन प्रहरीले जनाएको छ । सरकारको निर्देशन उल्लङ्घन गर्नेलाई पक्राउ गरेर कानुनी कारबाही गरिने प्रहरीले जनाएको छ ।सरकारको सोमबारको निर्णय अनुसार मङ्गलबारदेखि पूरै देश लकडाउन भएको छ ।
कोरोना नियन्त्रण उच्चस्तरीय समितिको हिजोको बैठकले आज बिहान ६ बजेदेखि देशैभरिका नागरिकलाई घरबाहिर निस्कन नदिने र विशेष पास भएका बाहेक अरु कुनै पनि गाडी र जहाज चल्न नदिने निर्णय अनुसार बिहानैदेखि लकडाउन सुरु भएको हो ।
सरकारले कुनै पनि बहानामा घरबाहिर ननिस्कन र गाडी नचलाउन निर्देशन दिएको छ । सरकारको निर्देशन अनुसार केहीबेरमा देशैभरि प्रहरी पनि परिचालनको तयारी गरिएको गृह मन्त्रालयले जनाएको छ ।
सुरक्षा निकाय र एम्बुलेन्स र अत्यावश्यक काममा खटिनेहरुको लागि विशेष पास लिएका गाडी भने चल्न पाउनेछन् । यस्तै अत्यावश्यक सेवा बाहेक कर्मचारीलाई पनि घरमै बस्न भनिएको छ ।
सरकारको यो निर्णय आउँदो चैत १८ गतेसम्म लागु हुनेछ ।
प्रकाशित मिति : मंगलबार, चैत्र ११ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्