काठमाण्डौ
भारतमा रहेको नेपाली दूतावासले भारतमा रहेका नेपालीलाई आफू बसेको ठाउँ नछाड्न अनुरोध गरेको छ ।
कोरोनाको माहामारी फैलिएको अवस्थामा भारत सरकारले लागू गरेको कर्फ्यु र ‘लकडाउन’ आदेश तथा सूचनाको पूर्ण पालना गर्न दुतावासले सूचना निकालेर अनुरोध गरेको हो ।
भारतमा अहिलेसम्म पाँच सय ११ जनामा कोरोना सङ्क्रमण भएको छ भने १० जनाको ज्यान गइसकेको छ । भारतका विभिन्न २२ राज्यका ७५ जिल्लामा ‘लकडाउन’ गरिएको छ ।

प्रकाशित मिति : मंगलबार, चैत्र ११ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्