कपिलवस्तुका सिमा नाकामा अलपत्र २७ जनालाई नेपाल भित्राइयो

कपिलवस्तुका सिमा नाकामा अलपत्र २७ जनालाई नेपाल भित्राइयो

कपिलवस्तु

सरकारले दक्षिणी सीमा क्षेत्रमा अलपत्र परेका नेपाली नागरिकलाई अन्तिम पटकका लागि नेपाल प्रवेश गर्न दिने निर्णय गरेसंगै कपिलवस्तुस्थित सिमावर्ती नाकामा अलपत्र परेका नेपाली नागरिकले खुसीको मशसुस गरेका छन ।
सरकारले सोमबारदेखि सिमा नाकामा रोक लगाए पछि जिल्लाका कृष्णनगर, मर्यादपुर, चाकडचौडा लगायतका नाकामा हजारौं नेपाली नागरिक नेपाल प्रवेश गर्न नपाउँदा अलपत्र परेका थिए । केन्द्र सरकारले आज अन्तिम पटकका लागि नेपाल प्रवेश गर्न अनुमति दिएपछि अलपत्र नेपाली खुसी भएका हुन ।
सरकारले दक्षिणी सीमामा अलपत्र परेका नेपालीलाई परिचय पत्रका आधारमा नेपाल प्रवेश गर्न दिने भएको हो । सीमाबाट नेपाल प्रवेश गरेसँगै उनीहरुलाई १४ दिन क्वारेन्टाइनमा राखिने छ ।
कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दिर्घ नारायण पौडेलले सिमामा अलपत्र परेका नेपाली नागरिकलाई नेपाल प्रवेश गराइसकेको मायादेवीलाई जानकारी दिनुभयो । कृष्णनगरमा अलपत्र परेका २७ जना नेपालीलाई आज नेपाल छिर्न दिएको उहाँले बताउनुभयो । नेपाल छिराइएका यी नागरिकलाई कृष्णनगरस्थित महेन्द्र माविमा तयार पारिएको क्वारेनटाइनमा राखिएको उहाँले जानकारी दिनुभयो ।
अझै सिमामा अलपत्र परेका नेपाली नागरिक के कति छन बुज्ने काम भैरहेको र कुनै नेपाली नागरिक भएको थाहा भए नेपाल प्रवेश गराइने पनि उहाँले बताउनुभएको छ । बुधबार देखि कुनै पनि नेपाली नागरिकलाई नेपाल प्रवेश गर्न नदिने भन्दै कोही अपलपत्र परेको भए प्रशासनलाई जानकारी दिन उहाँले आग्रह गर्नुभएको छ ।

प्रकाशित मिति : मंगलबार, चैत्र ११ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij