परिस्थिति अनुसार लकडाउन लम्बिन पनि सक्ने छ:रक्षामन्त्री पोखरेल

परिस्थिति अनुसार लकडाउन लम्बिन पनि सक्ने छ:रक्षामन्त्री पोखरेल

काठमाडौं

उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेलले परिस्थिति अनुसार लकडाउन लम्बिन पनि सक्ने बताएका छन्।

उपप्रधानमन्त्री पोखरेलले आकस्मिक रुपमा आइपरेको परिस्थितिका कारण यस्तो भएकाले अहिले नै अनुमान गर्न नसकिने बताए।

‘११ गतेदेखि १८ गतेसम्मको लागि लकडाउन गरेका छौं। यसबीचको सबै घटनाक्रमलाई हामी सुक्ष्म अध्ययन गर्छौं। उच्चस्तरीय राजनीतिक समन्वय समितिका संयोजक समेत रहेका उपप्रधानमन्त्री पोखरेलले भने, ‘यो त आँकलन गर्न सक्ने अवस्था छैन, कुन ढंगले अगाडि बढ्छ त्यसका आधारमा हाम्रा योजना तय गर्दै जान्छौं।’

भारतमा बस्न नसकेर नेपाल आएका नागरिकका लागि स्वदेश फर्काउने काम पनि भइरहेको उनले बताए। उनीहरुका लागि प्रदेश सरकारको समन्वयमा क्वारेन्टाइनको समेत व्यवस्था गरिने उपप्रधानमन्त्री पोखरेलको भनाइ छ।

संक्रमितका लागि सरकारले उपचारको व्यवस्था मिलाएको भन्दै पोखरेलले शनिबारसम्म आवश्यक स्वास्थ्य सामाग्रीहरु नेपाल आइपुग्ने दावी गरे।

प्रकाशित मिति : मंगलबार, चैत्र ११ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij