सियारीर
कोरोना भाइरस कोभिड१९ रोकथामका लागि सियारी–७ अमुवा स्थित जनता माविमा क्वारिन्टाइन निर्माण गरिएको छ । सोमबार सियारी गाउँपालिकाको कार्यपालिका बैठक तथा सरोकारवालाहरुको बैठकले ७२ घण्टा भित्र सियारीमा क्वारिन्टाईन निर्माण गर्ने निर्णय गरेको थियो । सोहि विषयलाई लिएर बुधबार सियारी गाउँपालिका ७ अमुवामा रहेको जनता मा.वि.मा क्वारिन्टाइन निर्माण गरिएको सियारी गाउँपालिका प्रवक्ता तथा उपाध्यक्ष अमृता गुरुङ्गले बताउनु भयो ।
क्वारिन्टाइनमा रहनेहरुलाई स्वास्थ्य परिक्षण, अवास, खानाको ब्यवास्था, एम्बुलेन्स सेवा लगाएत गाउँपालिकाले ब्यवास्था मिलाउने गाउँपालिका उपाध्यक्ष अमृता गुरुङ्गले बताउनु भयो ।जोखिमलाई मध्यनजर गर्दै अवाश्यक परेको खण्डमा गाउँपालिकाको अन्य वडा तथा ठाउँहरुमा क्वारिन्टाईन र आईसोलुसन समेत निर्माण प्रकृया अघि बढाईने गाउँपालिका अध्यक्ष अयोध्या थारुले बताउनु भयो । जोखिमको समयमा नआत्तिन तथा सचेत रहन समेत उहाँले सवैलाई अग्रह गर्नु भयो ।
विदेशबाट आएका तथा १००।४ डिग्री फोरेनाईट भन्दा माथि ज्वरो आएमा, खोकी तथा सास फेर्ना गाह्रो भएमा वा यस खालको लक्षण देखिएमा जोकोही नजिकको स्वास्थ्य सस्थामा सम्पर्क गर्न स्वास्थ्य शाखा प्रमुख बुद्धि बहादुर घर्तिले अनुरोध गर्नु भयो । साथै सकेसम्म आफ्नै घरमा सुराक्षित क्वारिन्टाइनमा बस्न वा गाउँपालिकाले निर्माण गरेको क्वारिनटाइनमा बस्न उहाँले अनुरोध गर्नु भयो ।
यस अघि सियारीका विभिन्न स्वास्थ्य संस्थाबाट हेल्पडेस्क संचालनमा ल्याइएको र गाउँपालिकाले पालिका भित्र भोज–भतेर, सभा–समारोह पार्टि तथा समुहमा बस्न रोक लगाएको छ । सचेतना मुलक ब्यानर प्रचापम्प्लेट माईकिङ्ग, लगाएतका कार्यहरु गर्दै आएको छ । भाइरसको जोखिमलाई मध्यनजर गर्दै साप्ताहीक हाटबजार बन्द, सवारी अवागमनमा रोक, पसल, होटेल तथा रेष्टुरन्ट बन्द गराएको छ । संघिय सरकारले जारि गरेको सुचना अनुसार सियारीमा पनि लकडाउन गरिएको छ ।
प्रकाशित मिति : बुधबार, चैत्र १२ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्