फेसबुकमा ग्रुप कल गर्नेको सङ्ख्या एकहजार प्रतिशतले बढ्यो

फेसबुकमा ग्रुप कल गर्नेको सङ्ख्या एकहजार प्रतिशतले बढ्यो

बीबीसी । फेसबुमा ग्रुप कल गर्नेको सङ्ख्या उल्लेखनीय रुपमा वृद्धि भएको कम्पनीले जनाएको छ । कोरोना प्रकोप यता विश्वभर विभिन्न देशहरु लकडाउनमा रहेका बेला आफन्त र साथीहरुसँग सम्पर्कमा रहने सबैभन्दा सजिलो माध्यम बनेको फेसबुकको प्रयोग गत महिना मात्र इटलीमा १ हजार प्रतिशतले बढेको बताइएको छ ।

इटलीलगायत सबैभन्दा बढी प्रभावित मुलुकमा यसका कारणले म्यासेजिङ ट्राफिक समेत ५० प्रतिशतले वृद्धि भएको फेसबुकले जनाएको छ । अन्य सामाजिक संजाल इन्स्टाग्राम र वाट्सएप पनि फेसबुक कम्पनीकै हुन् । तर यसरी आफ्ना एपहरुको प्रयोग बढिरहेपनि यसले कम्पनीलाई ग्लोबल डिजिटल विज्ञापनको गिरावटबाट भने जोगाउन नसक्ने फेसबुकले बताएको छ । मंगलबर आफ्नो एक आधिकारिक पोस्टमा लेख्दै फेसबुकले आफ्ना धेरै सेवाहरु मौद्रीकिकरण नगरिएकाले यस्तो हुने बताएको हो ।यसरी भाइरसका कारण ६ हजार बढी मृत्यु भइसकेको इटलीमा मान्छेहरुले फेसबुकका एपमा बिताउने समय ७० प्रतिशतले बढेको बताइएको छ । अचानक प्रयोगकर्ताहरुको सङ्ख्या ठूलो स्तरमा वृद्धि भएपछि फेसबुकले ट्राफिक क्षमतामा सुधार ल्याइरहेको छ । लकडाउनका समयमा घरभित्र बसेका सम्पूर्णले अहिले मनोरञ्जन र सामाजिक अन्र्तक्रियाका लागि फेसबुक नै प्रयोग गरिरहेका छन् । यस्तोमा आफ्नो सिस्टम प्रभावकारी बनाउन फेसबुकले सक्दो प्रयास गरिरहेको एलेक्स स्कल्जले बताएका हुन् ।

तर यससँगै दिनप्रति दिन सो स्थिरता कायम राख्नमा आफूहरुलाई कठिनाइ भएको पनि फेसबुकले स्वीकार गरेको छ । अधिकांश कर्मचारीहरु घरबाटै बसेर काम गरिरहेको हुँदा आफूहरुका लागि समेत यो समय धेरै चुनौतिमय भएको कम्पनीले बताएको हो । यसबीच दिनुहँ आफूहरुले प्रयोगकर्ताको सङ्ख्या र तिनले यसमा बिताउने समय ठूलो स्तरमा बढिरहेको पहिलोपटक अनुभव भइरहेको पनि फेसबुकले जनाएको छ ।

प्रकाशित मिति : बिहिबार, चैत्र १३ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij