रुपन्देही –कोरोना सङक्रमित युवतीसँगै नेपाल आएका रुपन्देहीका तीनमध्ये दुई जना सम्पर्कमा आएका छन् । चैत ४ गते नेपाल आएका उनीहरुको अवस्था अहिले सामान्य रहे पनि क्वारेण्टीनमा राख्ने व्यवस्था मिलाइएको रुपन्देही प्रहरीले जनाएको छ । अर्का एक जनाको खोजी भइरहेको छ ।
यस्तै भारतबाट नेपाल आएका २९ जनालाई रुपन्देहीमा क्वारेण्टीनमा राखिएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार शंकरनगरस्थित शारदा माविमा १० जना, शुद्धोधन गाउँपालिकामा रहेको यज्ञोदय उच्च माविमा ११ जना र अमवामा रहेको जनता माध्यमिक विद्यालमा ८ जनालाई क्वारेन्टाइनमा राखिएको हो ।
भारतका विभिन्न ठाउँबाट रुपन्देहीको बेलहिया नाकामा आएर रोकिएका ७ महिलासहित २९ जनालाई नेपाल ल्याई १४ दिने क्वारेण्टीनमा राखिएको हो । भारतमा पनि लकडाउन भएपछि उनीहरु सीमा नाकामा अलपत्र परेका थिए ।
प्रकाशित मिति : बिहिबार, चैत्र १३ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्