काठमाडौं । स्वास्थ्यमन्त्री भानुभक्त ढकालको अभिव्यक्तिप्रति नेपाल चिकित्सक संघले आपत्ति जनाएको छ । यसअघि एक सम्मेलनमा स्वास्थ्यमन्त्री ढकालले भात पकाउँदा पनि पिपिई खोज्ने अवस्था आएको टिप्पणी गर्नुभएको थियो ।
चिकित्सक संघले आज एक विज्ञप्ति जारी गर्दै पिपिईका विषयमा जिम्मेवार निकायका उच्च व्यक्तिले हल्का टिप्पणी गरेको भन्दै दुःख व्यक्त गरेको छ ।
यसैबीच सबै अस्पताललाई सेवा सञ्चालन गर्न चिकित्सक संघले आग्रह गरेको छ । संघले ओपिडी बाहेक आकस्मिक सेवा तथा ज्वरो क्लिनिक संचालन गर्न उसले आग्रह गरेको हो ।
संघले विज्ञप्तिमार्फत यस जोखिमपूर्ण अवस्थामा कोरोना भाइरसलाई सबै मिलेर नेपालमा फैलिनबाट रोकन र आफ्नो जिम्मेवारी पुरा गरी असल एवं जिम्मेवार नागरिकको परिचय दिने अभियानमा सरिक हुन समेत आह्वान गरेको छ ।
नेपाल मेडिकल काउन्सिल तथा विश्व स्वास्थ्य संगठनले सिफारिस गरेबमोजिम अनिवार्य रुपमा उपचार प्रक्रियामा आवश्यक पर्ने आधारभूत सुरक्षाका सामग्रीहरु उपलब्ध गराउन संघले सरकारसँग माग गरेको छ ।
प्रकाशित मिति : शुक्रबार, चैत्र १४ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्