तपाई तनाबमा हुनुहुन्छ भने यी खानेकुरा खानुस

तपाई तनाबमा हुनुहुन्छ भने यी खानेकुरा खानुस

बुटवल ।
हरेक मान्छे केहि न केहि बिषय लिएर तनाबमा हुन्छ । तनाब लिन नहुने कुरा हो । खासमा तनाबलाई कम गर्न बिभिन्न खाने कुुराले पनि प्रभाब पार्छ । तपाई तनाबमा हुनुहुन्छ भने यी खाने कुरा मिलाएर खानुस तपाईको तनाब कम हुन्छ ।

केरा

केरा किन खाने ?

केरामा पोटासियम र कार्बोहाइड्रेट प्रचुर मात्रामा पाइन्छन्। केरा खानाले शरीरमा सेरोटोनिन नाम गरेको न्युरोट्रान्समिटर बढी उत्सर्जन हुन्छ, जसले तनाव कम गरी मानिसलाई शान्त राख्न मद्दत गर्छ।

स्याउ

स्याउ - विकिपिडिया

स्याउमा फोस्फोरस र आइरन प्रशस्त मात्रामा पाइन्छन्, जसले तनाव कम गर्न मद्दत गर्छन्। तनाव उत्पन्न भएको बेला खुम्चिएका कोषिकालाई यसले पहिलाकै अवस्थामा ल्याउन मद्दत गर्छ, जसले गर्दा तनावको असर कम हुँदै जान्छ। खासगरी तनावपूर्ण अवस्थाबाट गुज्रिएको बेला प्रतिदिन एउटा स्याउ खानु उपयुक्त हुन्छ।

अमला

अमला एक फाइदा अनेक – Nepali Health

तनावका असर कम गर्न उपयोगी अर्को फल हो, अमला। अमलामा भिटामिन सी पाइन्छ, जसले तनाव उत्पन्न भएका कारण रगतमा आएको रासायनिक परिर्वतनलाई पूर्ववत् अवस्थामा पुर्‍याउन मद्दत गर्छ। त्यही भएर तनावपूर्ण दिनहरूमा प्रतिदिन दुइवटा अमला खानु राम्रो हुन्छ।

जौ

Barley Benefits for Beauty In Hindi With Video - जौ के ...

जौमा घुलनशील फाइबरको मात्रा उच्च हुन्छ, जसले तनावका कारण कोलेस्टरोलको मात्रामा हुनसक्ने वृद्धि र मुटुसम्बन्धी रोगलाई रोक्न मद्दत गर्छ। तनावपूर्ण दिनमा जौको पिठोबाट बनेका खानेकुरा खानु राम्रो हुन्छ।

कुरिलो

कुरिलो खानुका ५ फाइदा – Nepali Health

तनाव उत्पन्न भएको बेला शरीरलाई शान्त र पूर्ववत् अवस्थामा ल्याउन भिटामिन बीको आवश्यकता पर्छ। त्यही भएर तनाव उत्पन्न भएको बेला कुरिलोको तरकारी, झोल अथवा अचार खानु लाभदायक हुन्छ।

ब्रोकाउली

किन खानुपर्छ 'सुपर फुड' को दर्जा ...

ब्रोकाउलीमा फोलिक एसिड पाइन्छ, जसले तनाव कम गर्छ मद्दत गर्छ। तनावपूर्ण अवस्थामा खानासँग ब्रोकाउली खानु उपयुक्त हुन्छ।

दूध

स्वास्थ्य के लिए गर्म ही नहीं, ठंडा ...

दूधमा ट्राइप्टोफान नामक तत्व हुन्छ, जुन खाएपछि दिमागलाई फ्रेस र कुल बनाउने सेरोटोनिन नामक तत्वमा परिवर्तन हुन्छ। साथै, दूधमा पाइने क्याल्सियम, म्याग्नेसियम र पोटासियमले तनावको घडीमा रक्तचाप बढ्नबाट पनि जोगाउँछ।

चिसो पानी

जानीराखौँ : धेरै चिसो पानी पिउनाले ...

तनाव उत्पन्न भएको बेला चिसो पानी पिउनु पनि लाभदायक हुन्छ। चिसो पानी पिएर खुला ठाउँमा डुल्न गयो भने रगतमा इन्डोर्फिन नामक तत्‍व उत्सर्जन हुन्छ, जसले दिमागलाई तनावमुक्त गराउँछ।

प्रकाशित मिति : शनिबार, चैत्र १५ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij