कोरोना जाँच गर्न सातै प्रदेशमा प्रयोगशाला स्थापना हुने, सबै सामग्री आइपुग्यो

कोरोना जाँच गर्न सातै प्रदेशमा प्रयोगशाला स्थापना हुने, सबै सामग्री आइपुग्यो

काठमाण्डौ – सरकारले सात वटै प्रदेशमा कोरोना भाइरसको जाँच गर्न प्रयोगशाला स्थापना गर्ने भएको छ ।

प्रदेश २ को जनकपुर, वाग्मती प्रदेशको हेटौँडा, गण्डकीको पोखरा, प्रदेश ५ को बटवल, कर्णाली प्रदेशको सुर्खेत र सुदूरपश्चिम प्रदेशको धनगढीमा प्रयोगशाला स्थापना हुने भएको हो ।

‘यी सबै ठाउँमा प्रयोगशाला स्थापनाको लागि आवश्यक उपकरण एवं सामग्री आइसकेको र ती ठाउँमा कर्मचारी पठाएर प्रयोगशाला निर्माणको काम थालिएको स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र श्रेष्ठले बताउनुभयो ।

प्रयोगशाला स्थापनाको लागि आइतबार बिहान चीनबाट सामग्री आएको उहाँले जानकारी दिनुभयो ।

प्रदेश १ को विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट आइतबार अर्थात आजदेखि जाँच सुरु भएको छ ।

प्रकाशित मिति : आइतबार, चैत्र १६ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij