मेडिकल कलेजले उपचार नगरी फिर्ता पठाएको बिरामीको मृत्यु

मेडिकल कलेजले उपचार नगरी फिर्ता पठाएको बिरामीको मृत्यु

वीरगञ्ज । वीरगञ्जस्थित नेशनल मेडिकल कलेजले उपचार नगरी फिर्ता पठाएको विरामीको मृत्यु भएको छ ।

कलैया उपमहानगरपालिका– २२ का २५ बर्षका विजय कुशवाहलाई उपचारका लागि काठमाडौं लैजाने क्रममा मृत्यु भएको हो । काठमाडौंको त्रिवि शिक्षण अस्पताल पुर्‍याएपछि चिकित्सकहरुले मृत घोषणा गरेका आफन्त महेश कुशवाहले बताए ।

कोरोना संक्रमितमा देखिनेजस्तै लक्षण देखिएको भन्दै पर्साको नेशनल मेडिकल कलेजले काठमाडौंको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा रिफर गरिदिएको थियो ।

थ्रेसरमा मुसुरो कुट्ने क्रममा खुट्टामा घाउ लागेको उनको स्थानीय मेडिकलमा टाँका लगाइएको थियो । त्यसको भोलिपल्टदेखि ज्वरो आउन थालेपछि अस्पताल भर्ना भएका थिए । त्यसपछि चिकित्सकले उपचार गर्न नमानेको आफन्तले बताएका छन् ।

नेशनलपछि नारायणी अस्पतालमा प्रारम्भिक परीक्षणका क्रममा चिकित्सकले ‘सेप्टी सेमिया’का कारण बिरामीको खुट्टाको घाउ र छातीमा संक्रमण देखिएकोले सुविधा सम्पन्न अस्पतालमा लैजान रिफर गरेका थिए ।

त्यसपछि राति नै विरामीलाई वीरगञ्ज हेल्थ केयर, गण्डक अस्पताल पुर्‍याए पनि दुवै अस्पतालले विरामी उपचार गर्न अस्वीकार गरेको थियो ।

प्रकाशित मिति : सोमबार, चैत्र १७ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij