तिलोत्मा
नेपाली कांग्रेस तिलोत्तमाले स्थानीय सरकारले स्थापना गरेको कोरोना राहत कोषमा आर्थिक सहयोग गरेको छ । सामाजिक उत्तरदायित्व अन्तर्गत नेपाली कांग्रेस तिलोत्तमाले नगरपालिकाको प्रकोप व्यवस्थापन कोषमा आर्थिक सहयोग गरेको हो । कांग्रेस तिलोत्तमाले २ लाख १ हजार सहयोग गरेको नेपाली कांग्रेस नगर सभापति हरिलाल पाण्डे बताउनुभयो । राहत रकम आइतबार नेपाली कांग्रेस नगर सभापति हरिलाल पाण्डेले तिलोत्तमा नगरपालिका प्रमुख वाशुदेव घिमिरेलाई हस्तान्तरण गर्नुभएको हो । विपद्सँग जुध्न सबै मिलेर अघि बढ्नुपर्ने भएकोले कांग्रेस तिलोत्तमाको तर्फबाट सहयोग गरिएको बताउँदै सभापति पाण्डेले लकडाउनबाट प्रभावित समुदायलाई राहत साझेदारी रुपमा समेटेर वितरण गर्न आग्रह गर्नुभयो ।त्यस अवसरमा नगर प्रमुख घिमिरेले संकटको बेलामा गरिएको सहयोग कोरोना संक्रमण रोकथाम र उपचारका लागि सहि सदुपयोग हुने बताउँदै स्थानिय सरकारले लकडाउनबाट प्रभावित लक्षित वर्गलाई भोकै नराख्ने बताउदै सरकारको आब्हान गरेको लकडाउन पूर्ण रुपमा पालना गर्न कोरोनाको प्रकोपबाट आफुपनि बच्दै अरुलाई पनि बचाउन सबै नगर वासिलाई आब्हान गर्नु भयो।सहयोग रकम नेपाली काँग्रेस तिलोत्तमा नगर समिति र सबै वडा समितिलाई परिचालन गरी संकलन गरेर एकमुष्ट रुपमा नगरपालिकालाई हस्तान्तरण गरेको सचिव शिव गैरेले जानकारी दिनुभयो ।
प्रकाशित मिति : आइतबार, चैत्र ३० २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्