काठमाडौं: यतिबेला चीनको सान्या सहरमा मिस वल्र्ड २०१८ को लागि १ सय २१ देशका सुन्दरी भिडन्तमा छन् ।
सुरुवातमै आफ्नो दाबेदारी बलियो देखाएकी २३ बर्षिय मिस नेपाल शृंखला खतिवडा टप ३० मा परेकी थिईन् ।
प्रतिस्पर्धा अन्र्तगत विभिन्न् फरक ईभेन्टमा भाग लिँदै अघि बढेकी शृंखला खतिवडा भोटिङमा भने सबैभन्दा अगाडि छिन् । मिस वल्र्ड आयोजनकको वे साईटका अनुसार हालसम्मको अत्याधिक भोट पाउने प्रतिस्पर्धीमा खतिवडा नै छिन् ।
शृंखला खतिवडाले हालसम्म जम्मा भएको भोटिङमध्ये ३० प्रतिशत बढी भोट विश्वभरबाट पाईसकेकी छिन् ।
दोस्रोमा ९ प्रतिशत फ्रान्स, तेस्रोमा युगाण्डा ७ प्रतिशत, चौथोमा रसिया ५ प्रतिशत र पाँचौ स्थानमा टर्की, तान्जानिया, बंगलादेश ५ प्रतिशत भोटका साथ अघि बढिरहेका छन् ।
प्रकाशित मिति : शुक्रबार, मंसिर ७ २०७५
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्