भैरहवा ।
कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रणका लागि निर्माण व्यवसायीहरुले प्रदेश नम्बर ५ सरकारले स्थापना गरेको राहत कोषमा रु. १३ लाख रुपैया सहयोग गरेका छन् ।
मुख्यमन्त्री शंकर पोखरेललाई राहतकोषमा जम्मा गरेको रु.१३ लाखको भौचर नेकपा. रुपन्देहीका जिल्ला कमिटी सचिवालय सदस्य तथा पार्टी उद्योग व्यवसायी तथा अर्थ विभाग प्रमुख गोपाल रानाको समउपस्थितमा नेपाल निर्माण व्यवसायी महासंघका केन्द्रिय उपाध्यक्ष टोप बहादुर रायमाझीले हस्तान्तरण गरेका हुन ।
मुख्यमन्त्री कार्यालयमा भएको हस्तान्तरण कार्यक्रममा नेकपा. रुपन्देहीका जिल्ला कमिटी सचिवालय सदस्य तथा पार्टी उद्योग व्यवसायी तथा अर्थ विभाग प्रमुख रानाले देशलाई परेको संकटको यो घडिमा सबै उद्योग व्यवसायीहरुले नेपाली जनतालाई साथ दिन तयार रहेको बताए ।
पेशा व्यवसायी गर्नेहरुलाई पनि लकडाउनका कारण समस्या परेको छ भन्दै रानाले देशलाई संकट बाट मुक्त गराउन सवै उद्योग व्यवसायीहरु लाई सरकार संग हातमा–हात मिलाएर अगाडी बढन आग्रह गरे । उनले अहिलेको परिस्थितीमा लकडाउनलाई अझ केहि समय बढाउनु पर्ने बाध्यता रहेकाले सबैले सहयोग गर्नु पर्ने बताए ।
हस्तान्तरण कार्यक्रममा नेपाल निर्माण व्यवसायी महासंघका प्रदेश नम्बर ५ का अध्यक्ष बलिभद्र राना, उपाध्यक्ष नबराज श्रेष्ठ, कोषाध्यक्ष त्रिभुवन दत्त मिश्र, बरिष्ठ निर्माण व्यवसायी तथा निर्माण व्यवासायी प्रदेश नम्बर ५ का सल्लाहकार भिम बहादुुर श्रेष्ठ, लुम्बिनी निर्माण व्यवसायी संघका अध्यक्ष विनय ज्ञवाली, निवर्तमान अध्यक्ष दामोदर शर्मा घिमिरेको पनि सहभागिता रहेको लुम्बिनी निर्माण व्यवसायी संघको सुचना शाखाले जानकारी दिएको छ ।
निर्माण व्यवसायीहरुको आफ्नो कोषबाट संकलन गरेको उक्त रकम प्रदेश सरकारको राहत कोषमा जम्मा गरेका हुन । लुम्बिनी निर्माण व्यवसायी संघ बुटवल शाखाले बुटवलको धागो कारखानामा निर्मित कोरोना बिशेस अस्पतालमा रु ८ लाख रकम बरावरको १७ वटा शौचालय, ४ वटा स्नान घर र १०० मिटर बाटो समेत निशुल्क निर्माण गरेको लुम्बिनी निर्माण व्यवसायी संघले जनाएको छ ।
देशमा निर्माणको लागि सधै अग्रपंतीमा उभिएका निर्माण व्यवसायीहरुले देशलाई संकट परेका बेला आफुहरुले सरकार संग सहकार्य गरेर समस्या समाधान गर्न तयार रहेको पनि बताएका छन् उनिहरुले आफ्ना कामहरु केहि दिनका लागि बन्द गरेर भएपनि सरकारको कोरोना नियन्त्रण अभियानमा आवश्यकता अनुसार सहयोग गर्ने प्रतिवद्धता पनि व्यक्त गरेका छन् ।
प्रकाशित मिति : सोमबार, बैशाख १ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्