तिलोत्तमामा राहत संकलन गर्न ‘खाद्य बैंक’

तिलोत्तमामा राहत संकलन गर्न ‘खाद्य बैंक’

 

तिलोत्तमा । लकडाउनका कारण खाद्यन्न संकट भोगेका परिवारलाई राहत दिन रुपन्देहीको तिलोत्तमा नगरपालिकामा ‘खाद्य बैंक’ स्थापना गरिएको छ । उद्योगी, व्यवसायी, नगरबासी, सहयोगी जोकसैले स्वेच्छिकरूपमा खाद्य सामग्री जम्मा गर्न सक्नेगरी खाद्य बैंकको अवधारणा ल्याइएको हो । नगरपालिकाले यसअघि नैं नगद संकलनका लागि बैंक खाता खोलेको थियो ।
खाद्य बैंकमा दाताहरुले चामल, दाल, नुन, तेल सङ्कलन गर्न सक्ने नगर प्रमुख बासुदेव घिमिरेले जानकारी दिनुभयो । खाद्य बैंकको प्रधान कार्यालय नगरपालिकाको कार्यालयमा रहेको छ भने शाखा कार्यालयको रुपमा वडा कार्यालयहरु रहेका छन् । कोरोना महामारीको कारण गरिएको लकडाउनबाट प्रभावित परिवारलाई गरिने खाद्य सहयोग कार्यक्रममा सहभागिता जनाउन चाहनेहरुले आ—आफ्नो वडा वा नगरपालिका कार्यालयमा खाद्यान्न सहयोग गर्न सक्नेछन् ।

राहत कोषमा सहयोग गर्न चाहने कुनै व्यक्तिसँग नगद रकम नहुने तर जिन्सी खाद्यबस्तु हुनसक्ने भएकोले उनीहरुको सहयोगलाई एकीकृत गर्न खाद्य बैंकको अवधारणा ल्याइएको नगर उपप्रमुख एवं खाद्य व्यवस्थापन समिति संयोजक जागेश्वरी चौधरीले बताउनुभयो ।
खाद्य बैंकमा संकलन भएको खाद्यबस्तु आवश्यकता र औचित्यको आधारमा टोल विकास संस्थामार्फत् खाद्य अभाव भएका परिवारलाई वितरण गरिनेछ । सरकारले लिएको राहत वितरणका लागि एकद्वार नीतिमा नगरबासीका साथै सहयोगी सबैलाई सामेल गराउन यो अवधारणाले सहयोग पुर्याउने नगर प्रमुख घिमिरेको भनाइ छ ।
खाद्य बैंकको अवधारणाले चामल पर्याप्त मात्रामा संकलन हुने नगरपालिकाको अपेक्षा छ । तिलोत्तमाका अधिकांश स्थायी बासिन्दाले आफूलाई वर्षभरी चाहिने चामल अग्रिम जोहो गरेका हुन्छन् । यहाँ झण्डै ६० प्रतिशत जग्गामा खेती हुने गर्दछ । न्यून आय भएका परिवार तथा सबै प्रकारका मजदुरलाई प्राथमिकतामा राखी राहत दिन खाद्य बैंक स्थापनाले टेवा पुर्याउने नगरपालिकाको विश्वास छ ।

प्रकाशित मिति : बिहिबार, बैशाख ४ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij