झरना स्पोर्ट्स क्लबद्वारा राहतकोषमा १ लाख १ हजार सहित ८ सय किलो खाद्यान्न सहयोग

झरना स्पोर्ट्स क्लबद्वारा राहतकोषमा १ लाख १ हजार सहित ८ सय किलो खाद्यान्न सहयोग

तिलोत्तमा- झरना स्पोर्ट्स क्लब तिलोत्तमा ६ कुञ्जलापुर तथा त्यहाका स्थानीयले तिलोत्तमा दैवी प्रकोप ब्यबस्थापन कोषमा १ लाख १ हजार नगद सहित र जिन्सी तर्फ खाद्यान्न ६ क्विन्टल चामल र ६० के.जी दाल,तेल १ कार्टुन ,नुन १०० के.जी गरि८ सय किलो खाद्यान्न सहयोग प्रदान गरेको छ । बिहिबार क्लबका पदाधिकारी सहितका सदस्यले तिलोत्तमा नगरपालिकाको सो खातामा जाने गरि सो रकम बराबरको चेक क्लबका अध्यक्ष लोक पुन, कोशाध्यक्ष धनेन्द्र पौडेल, सचिव मोहन राना मगर लगायतका सदस्यहरुले नगरप्रमुख बासुदेव घिमिरेलाई हस्तान्तरण गर्नुभएको हो ।

विश्वनै कोरोनाको थप जोखिममा परेको स्थितिलाई मध्यनजर गर्दै आगामी दिनमा अझै भयाबह स्थितिमा सहयोगी बनोस र जोखिम कोषबाट महामारीमा दुस्ख झेल्ने स्थानिय समुदायलाई थप राहत होस् भन्ने उदेश्यले राहत रकम हस्तान्तरण गरिएको क्लबका कोशाध्यक्ष धनेन्द्र पौडेलले बताउनुभयो ।
उहाले नगरपालिकालाई आवश्यक परे आफुहरुले बनाएको यातायात कार्यालय नजिक रहेको १२ कोठाको घर क्वारेन्टाइनको लागि दिइने र युवा स्वयम् सेवक चाइएमा समेत आफुहरु सहयोग गर्न तयार रहेको बताउनुभयो । साथै सोही अवसरमा कुन्जलापुरका आमा समुहबाट आमा समुहका अध्य्क्ष संगीता गुरुङले पनि नगद रु।५१ हजार नगद सोही कोषमा प्रदान गर्नुभएको थियो ।

चेक तथा खाद्यान्न ग्रहण गर्दै तिलोत्तमा नगरपालिकाका नगरप्रमुख बासुदेव घिमिरेले यस क्षेत्रमै गर्व गर्न लायक क्लबले देखाएको सहयोगी भावना प्रति हृदयदेखि आभार ब्यक्त गर्दै समाजसेवाको यो माहोलमा एकबद्ध हुन आग्रह गर्दै सहयोगी मनलाई धन्यबाद ज्ञापन गर्नुभयो । तिलोत्तमा ६ स्थित कुञ्जलापुरमा रहेको झरना स्पोर्ट्स क्लबले कुञ्जपार्कको पूर्ण ब्यबस्थापनसंगै सामाजिक सेवा , रक्तदान , बृक्षारोपण कार्यक्रम, अनाथ आश्रम सहयोग, नगरपालिकासंग मिलि विभिन्न खालका रचनात्मक कार्यक्रमसंगै यस क्षेत्रमै अधिक राशि तथा उत्कृस्ट टिम सहभागी सहितको फुटबल प्रतियोगिता झरना कप गर्दै आएको छ ।

प्रकाशित मिति : बिहिबार, बैशाख ४ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij