सिमापारिका सरकारसंग समन्वय गर्न संघिय मामिला मन्त्रीको निर्देशन

सिमापारिका सरकारसंग समन्वय गर्न संघिय मामिला मन्त्रीको निर्देशन

 

भैरहवासंघिय मामिला तथा सामन्य प्रशासन मन्त्री हृदेश त्रिपाठिले सिमावर्ति क्षेत्रका स्थानिय सरकार प्रमुखलाई सीमापारिका सरकारसंग समन्वय गर्न निर्देशन दीएका छन् ।

बिहिबार देशैभरका नेपाल भारत सिमावर्ति स्थानिय सरकारका प्रमुखसंग भिडियो सम्बाद गर्ने क्रममा मन्त्री त्रिपाठिले सिद्धार्थनगर भैरहवाका प्रमुखसंग छलफल गर्ने क्रममा यस्तो निर्देशन दिएका हुन् । मन्त्री त्रपाठिले सिद्धार्थनगर प्रमुखसंग छलफलका क्रममा भने,  भारतियहरुलाई भैरहवा क्वारेन्टाइनमा छन् ।

तिनलाई तपाईहरुले व्यवसथापन गर्नुस् । सिमापारिका जनप्रतिनिधिसंग छलफल गर्नुहोस् । उक्त छलफलमा सिनपा प्रमुख अधिकारिले सिद्धार्थनगर भैरहवाको वर्तमान बस्तुस्थितिको बारेमा जानकारि गराएका थिए ।

नगरप्रमुख अधिकारिले मन्त्री त्रिपाठिसंग भने,  भैरहवाका आरडिटि मेसिन कृषि मन्त्रालयले पठाएको छ तर आवश्यक उपकरण नहुदा प्रयोग हुन सकेको छैन । दुईवटा क्वारेन्टाइन छन् । एउटा निमा प्रतिमान निमामा भारतिय १५५ जना र शैक्षिक तालिम केन्द्रको क्वारेन्टाईमा २४ जना राखिएको छ ।

भैरहवा स्थित प्रदेश जनस्वास्थय प्रयोगशालामा पिसिआर मेसिन सन्चालनमा छ । केही दिन अगाडि संघिय सरकारको कृषि मन्त्रालयले भैरहवा स्थित प्रदेश जनस्वासथय प्रयोगशालालाई आरटिडि मेसिन प्रदान गरेको छ । नगर प्रमुख अधिकारिले भारतिय सीमावर्ति क्वारेन्टाइनमा रहेका ३०५ जनालाई नेपाल ल्याई आ आफ्नो पलिकामा राख्ने व्यवस्था गर्न तथा भैरहवामा रहेका भारतिय नागरिकलाई भारत जाने व्वस्था गर्न संघीय सरकारसंग माग गरेका थिए । उनले खुला सिमाना भएकोले सीमा क्षेत्रमा सुरक्षा निगरानि बढाउन एवं अन्तरदेशिय रुपमा एकीकृत सुरक्षा बढाउन संघिय सरकारले पहल गर्नुपर्ने आग्रह गरे ।

यसैगरि नगर प्रमुख अधिकारिले मास्क, सेनिटाईजर, ग्लोब्स अभाब हुँदै गएको बताउदै सरकारले त्यस तर्फ ध्यान दिन आग्रह गरे । सिद्धार्थनगर पालिकाले नगरभित्र १७४२ जना मजदुरलाई राहत बितरण गरिसकेको छ । अहिले वडा वडामा फारम पठाएको नगर उपप्रमुख उमा काफ्लेले बताईन्

प्रकाशित मिति : बिहिबार, बैशाख ४ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij