विराटनगर : उदयपुरको मस्जिदमा लुकेर बसेका ८ भारतीय नागरिकमा कोरोना पोजेटिभ भेटिएको छ। त्रियुगा नगरपालिका ३ भुल्केस्थित मस्जिदमा लुकेर बसेका १० मध्ये ८ जनाको स्वाब परीक्षण गर्दा कोरोना पोजेटिभ पाइएको हो।
भुल्केस्थित मस्जिदमा लुकेर केही भारतीय नागरिक बसेको सूचना आएपछि मंगलबार सुरक्षाकर्मीसहित मस्जिद पुगेको स्वस्थ्यकर्मीको टोलीले उनीहरुको स्वाब नमुना लिएको थियो।
उनीहरुको स्वाब परीक्षणका लागि कोशी अस्पताल विराटनगर ल्याइएको थियो। सबैको रिपोर्ट पोजेटिभ भेटिएको र रिपोर्ट मुख्यमन्त्री कार्यालय सँगै केन्द्रमा पठाएको प्रदेश १ को सामाजिक विकास मन्त्रालय स्रोतले जानकारी दिएको छ। अन्नपुर्ण पोस्ट
प्रकाशित मिति : शुक्रबार, बैशाख ५ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्