काठमाण्डाै – कोरोना भाइरस (काेभिड १९) सङ्क्रमित दोस्रो व्यक्ति पनि उपचारपछि निको भएर घर फर्किएका छन् । काठमाण्डाैकाे शहीद शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालमा २७ दिनसम्म उपचार गरी स्वस्थ भएर एक युवती शनिबार घर फर्किएकी अस्पतालका प्रवक्ता डाक्टर अनुप बाँस्तोलाले जानकारी दिनुभयो ।
काठमाण्डाै घर भएकी उनी गएको चैत ४ गते फ्रान्सबाट कतारको दोहा हुँदै काठमाण्डाै आएकी थिइन् । गएको चैत ९ गते उनलाई अस्पताल भर्ना गरिएको थियो ।
त्यस्तै टेकु अस्पतालमा उपचार गराइरहेका अर्का एक जना कोरोना सङ्क्रमितको पनि स्वास्थ्य अवस्था सामान्य रहेको डाक्टर अनुप बाँस्तोलाले जानकारी दिनुभयो । यसअघि पहिलो सङ्क्रमित पनि उपचारपछि निको भएर फर्किसकेका छन् ।
कोरोना भाइरसको सङ्क्रमण उपचारपछि निको हुने भएकाले बेलैमा उपचार गराउन र सतर्क रहन डाक्टरहरुले सुझाव दिँदै आएका छन् । नेपालमा अहिलेसम्म कोरोना सङ्क्रमितको सङ्ख्या ३० पुगेको छ ।
प्रकाशित मिति : शनिबार, बैशाख ६ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्