भैरहवा
नेपाल विद्यार्थी संघको ५१ औ स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।नेपाल विद्यार्थी संघ सिद्धार्थ नगर समितिका सभापति प्रतिक भण्डारीको अध्यक्षतामा भएको रक्तदान मा ३५ प्वाइन्ट रगत सकलन भएको थियो । लकडाउनको समयमा रगतको अभावकै कारण विरामीको ज्यान समेत जान सक्ने अवस्थालाई मध्यनजर गर्दै स्थापना दिवस मा रक्तदान गरेको सभापति प्रतिक भण्डारी ले बताउनु भयो । स्थानीय प्रशासनलाई जानकारी गराएर भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा गरिएको रक्तदान मा स्वास्थ्य सुरक्षालाई अपनाएर कार्यक्रम गरिएको कार्यक्रम सयोजक ओजश शर्मा ले बताउनु भयो । रक्तदान मा नेवि संघ सिद्धार्थ नगर समिति का पदाधिकारी, सदस्य तथा शुभेच्छुक हरु ले रक्तदान गर्नु भएको थियो । नेपाल विद्यार्थी संघ सिद्धार्थ नगर समितिको आयोजना तथा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा रुपन्देही को प्राविधिक सहयोग मा भएको रक्तदान कार्यक्रम मा नेवि सघ केन्द्रीय सदस्य लेखनाथ भटटराइ को समेत उपस्थिती रहेको थियो ।
प्रकाशित मिति : आइतबार, बैशाख ७ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्