देवदह- जस्तोसुकै परिस्थितीमा पनि कृषि उत्पादनको क्षेत्र बचाईराख्न जरुरी रहेको देवदह नगरप्रमुख हिरा बहादुर खत्रीले बताउनु भएको छ ।
नगर क्षेत्र भित्र रहेका दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष ब्यवस्थापक र निजी डेरी संचालक प्रतिनिधीहरु संग देवदह नगरपालिकाले शुक्रबार गरेको अन्तरक्रिया कार्यक्रमको क्रममा वहाँले उक्त कुरा बताउनु भएको हो । लकडाउनको समयमा धैर्यताका साथ काम गर्न भन्दै नगरप्रमुख खत्रीले पशु विमा, पशुआहारको सहज र सुलभ उपलब्धताको लागि तत्काल पहल गर्ने बताउनु भएको थियो ।
देशमा फैलिएको कोरोना संक्रमणका कारण लकडाउनको अवस्थामा अन्तरक्रियामा सहभागी सहकारीका तर्फबाट जन उत्थान सहकारीका अध्यक्ष बोधराज गौडेल, सफल दुग्ध उत्पादक सहकारी संस्थाका सुर्यकान्त रेग्मी, देवदह दुग्ध उत्पादक सहकारीका गिर प्रसाद पाण्डे, शितलनगर दुग्ध उत्पादक सहकारी संस्थाका चन्द्रकान्त काफ्ले, शान्तिनगर दुग्ध उत्पादक सहकारी संस्थाका लक्ष्मण सापकोटा, सगरमाथा दुग्ध उत्पादक सहकारी संस्थाका हिमलाल पाण्डे, गुँरास दुग्ध उत्पादक सहकारी संस्थाका दिनानाथ पाण्डे,शिव कल्याण डेरी उद्योगका गुणाखर भुर्तेल,पवित्र गंगा डेरीका चन्द्रकान्त पराजुली, शिव गंगा डेरी उद्योगका विजय सापकोटा,माथागढी दुग्ध उत्पादक सहकारी संस्थाका मिन ढुङ्गाना लगायतले समस्या र समाधानको उपायकाबारेमा बोल्दै लकडाउनको समयमा दुधको उत्पादन नियमित नभएको, दुधको भुक्तानीको सुनिशिचतता नभएको,्पशुआहारको उपलब्धतामा कठिनाई भएको, पशु विमामा समस्या देखिएको लगायतका समस्या राखेका थिए उक्त अवसरमा बोल्दै नगरप्रमुख खत्रीले कोरोना संक्रमणको समग्र विश्व सँगै नेपालले पनि सामना गरिरहेको र यसका कारण आमजनमानस प्रभावित भैरहेकोले यसमा हामि पनि अछुतो रहन सक्दैनौ तथापि मानव जीवनको रक्षा गर्दै बच्दै र बचाउँदै कृषि क्षेत्रलाई बचाउनु अहिलेको अपरिहार्यता रहेको बताउनु भएको थियो ।
कृषि क्षेत्रमै सक्रिय नगर प्रमुख खत्रीले नगर भित्र उत्पादन र संकलन भएको तथ्याङ्कलाई हेर्दा लकडाउन शुरुहुनु भन्दा पहिले रहेको उत्पादन लकडाउन शुरु भएको २० दिन सम्म आईपुग्दा ३५ प्रतिशतले घटेको देखिएकोले नगरपालिका अत्यन्तै चिन्तित बनेको बताउनु भएको थियो । वहाँले लकडाउनका कारण उत्पादनमा भएको हृास, दुधको नियमित विक्रिमा देखिएको समस्या, विक्रि भएको दुधको भुक्तानीको सुनिश्चितता र दानामा भएको अत्याधिक मुल्यबृद्धिको सन्दर्भमा नगरपालिकाले ठोस कार्यक्रम ल्याउनको लागि कार्यपालिकामा गम्भिरताका साथ छलफल अगाडी बढाइृनुका साथै प्रदेश सरकार र संघिय सरकार सँग लकडाउनको अवधिमा दुग्ध उत्पादक कृषकहरुले ब्यहोर्नु परको क्षतिको सम्बोधन हुने गरि ठोस तथा कार्यक्रम घोषणा गर्र्न विशेष ध्यानाकर्षण गराउने तर्फ नगरपालिका सक्रिय रहने बताउनु भएको थियो ।
देशभरिका दुध उत्पादक किसान,तरकारी ,अन्नबाली तथा मासुजन्य उत्पादनमा लागेका किसानहरुको संरक्षण गरी उत्पादन बृद्धिका लागि स्थानिय सरकार, प्रदेश सरकार र संघिय सरकार मिलेर ठोस र प्रभावकारी कार्यक्रम गर्ने तथा गराउनका लागि नगरपालिकाको तर्फबाट विशेष भुमिका निर्वाह गर्ने बताउँदै सरकारले गरेको लकडाउनको पूर्णरुपले पालना र सामाजिक दुरी कायम गर्न आग्रह गर्नु भएको थियो । सोही अन्तरक्रियाका अवसरमा नगर उपप्रमुख विद्यालक्ष्मी गुरुङ्गले यो जटिल परिस्थितीमा किसानलाई निरास हुन नदिने गरी नगरपालिकाले कार्यक्रम अगाडी बढाउने बताउन भएको थियो । नगर प्रवक्ता तथा वडा नं.५ का वडा अध्यक्ष झिल्लु प्रसाद न्यौपाने,प्रमुख प्रशासकिय अधिकृत हरिदत्त कँडेल, पशु सेवा शाखाका अधिकृत हर्क बहादुर दानी लगायतको सहभागितामा कार्यक्रम सम्पन्न भएको थियो ।
प्रकाशित मिति : आइतबार, बैशाख ७ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्