विपन्न परिवारको पहिचान गरी राहत वितरण गर्न रुपन्देही मा क्रियासिल पार्टी को माग

विपन्न परिवारको पहिचान गरी राहत वितरण गर्न रुपन्देही मा क्रियासिल पार्टी को माग

भैरहवा- रुपन्देहीस्थित विभिन्न राजनीतिक दलले विपन्न परिवार, भाडामा बस्ने विद्यार्थी तथा मजदूरको पहिचान गरी परिवार संख्याको आधारमा नियमित रुपमा राहत वितरण गर्न माग गरेका छन् । उनीहरुले हाल वितरण भइरहेको राहत सामाग्री खरीदमा अनियमितता तथा वितरणमा पूर्वाग्राही समेत भएको बताएका छन् ।

नेपाली कांग्रेस रुपन्देहीका सभापति एवं पूर्व खानेपानी तथा सरसफाई राज्यमन्त्री अब्दुल रज्जाकको अध्यक्षता तथा जिल्लास्थित विभिन्न राजनीतिक दलका प्रमुख एवं प्रतिनिधिहरुको उपस्थितिमा आइतबार भैरहवामा सम्पन्न बैठकले संघीय सरकारले अवलम्बन गरेको विपद् व्यवस्थापन समिति, प्रदेश, जिल्ला एवं स्थानीय तहमा सर्वदलीय सहमति अनुसार संयन्त्र निर्माण नभएकोले व्यापक अनियमिता, राहतमा एकरुपता नभएको, उचित अनुगमन नभएको र कालोबजारी भएको ठहर गरेको छ ।बैठकले सडकमा अलपत्र परेका आम नागरिकका लागि खानपानको उचित व्यवस्थापन गरी सवारीसाधनको व्यवस्थाका लागि गन्तव्यतर्फ पु¥याउने व्यवस्था मिलाउन आग्रह गरेको छ । त्यस्तै नेपाल प्रवेश गर्नका लागि लामो समयदेखि भारतीय सीमानामा आएर क्वारेन्टाइनमा बसेका नागरिकको स्वास्थ्य परीक्षण पश्चात नेपाल प्रवेश गराई क्वारन्टाइनमा राखेपश्चात घर जाने व्यवस्था मिलाउन माग गरेको छ ।
त्यसै गरी बजारमा देखिएको दैनिक उपभोग्य वस्तुको चरम अभाव, मुल्यवृद्धि, कालोबजारी एवं स्थानीय कृषि उत्पादनको उचित नियन्त्रण एवं व्यवस्थापन गर्न राजनीतिक दलहरुको माग छ । त्यस्तै नेपाल सरकारले वर्तमान अवस्थामा गरिरहेको स्वास्थ्य परीक्षण कार्य ज्यादै नै सुस्त रहेकोले सीमा क्षेत्रमा बसोबास गर्ने नेपालीहरुको स्वास्थ्य परीक्षण गर्न उनीहरुको माग छ । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)बाट बच्न लकडाउनलाई पूर्ण रुपमा पालना गर्न आफु पनि बच्न र अरुलाई पनि बचाउन बैठकले आग्रह गरेको छ ।
बैठकले संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि आफ्नो ज्यान जोखिममा राखी अहोरात्र जनताको सेवा गरिरहेका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सफाईकर्मी तथा पत्रकारलाई धन्यवाद समेत दिएको छ ।
बैठकमा समाजवादी पार्टी रुपन्देहीका अध्यक्ष राम अवतार यादव, राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) रुपन्देहीका अध्यक्ष अजय वर्मा, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) रुपन्देहीका अध्यक्ष सागर प्रताप राणा, पार्टीका केन्द्रीय सदस्य ताहिर अलि, रुपन्देही जिल्ला उपाध्यक्ष अजय कुमार गुप्ता र नेपाली कांग्रेस रुपन्देहीका कोषाध्यक्ष दिपक क्षेत्री न्यौपानेको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : आइतबार, बैशाख ७ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij