काठमाडौ । कोरोना भाइरसका कारण विश्वभर ज्यान गुमाउनेको संख्या १ लाख ७० हजार नाघेको छ । कोरोना भाइरसबाट आज विहानसम्म विश्वभरमा ज्यान गुमाउनेको संख्या १ लाख ७० हजार ४२३ पुगेको छ । सबैभन्दा धेरै अमेरिकामा ४२ हजार ५१४, इटलीमा २४ हजार ११४, स्पेनमा २० हजार ८५२ तथा फ्रान्समा २० हजार २ ६५ जनाको कोरोनाका कारण ज्यान गइसकेको छ । त्यस्तै भारतमा १८ हजार ५ सय ३९ जना संक्रमित हुँदा ५ सय ९२ जनाको मृत्यु भएको छ । त्यसैगरी पाकिस्तानमा संक्रमितको संख्या ८ हजार ४ सय १८ पुग्दा १ सय ७६ जनाको मृत्यु भएको छ ।
उताअमेरिकामा इतिहासमै पहिलो पटक ऋणात्मक भएको छ । कच्चा तेलको मूल्य शून्यभन्दा पनि तल झरेको हो । कच्चा तेलको माग घटेको र भण्डारण क्षमता कम हुँदा तेलको मूल्यमा भारी गिरावट आएको अन्तर्रा्ष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् । अमेरिकामा तेलको बेन्चमार्क मानिने वेस्ट टेक्सस इन्टरमिडियट (डब्लूटीआई) मा मूल्य घटेर माइनस ३७.६३ डलर प्रतिब्यालेर पुगेको छ । यो गिरावटले विश्वभरका तेल बजारमा असर परेको छ । अन्तर्रा्ष्ट्रिय बेन्चमार्क ब्रेन्टमा पनि कच्चा तेलको मूल्य ८.९ प्रतिशत घटेको छ । यहाँ तेलको मूल्य घटेर २६ डलर प्रतिब्यारेल भएको छ ।यसरी गिरावट हुनुको अर्थ, तेल उत्पादक देशहरुले अब खरिदकर्तालाई पैसा दिएर तेल किन्न अनुरोध गर्नुपर्ने अवस्था आएको हो । तेल नबिक्दा उत्पादक मुलुकहरुमा भण्डारणको समस्या बढ्ने देखिएको छ ।
प्रकाशित मिति : मंगलबार, बैशाख ९ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्