सरकारले ल्याएको विधेयक तत्काल फिर्ता लिन कांग्रेस संसदीय दल प्रदेश ५को माग

सरकारले ल्याएको विधेयक तत्काल फिर्ता लिन कांग्रेस संसदीय दल प्रदेश ५को माग

बुटवल ।
नेपाली कांग्रेस संसदीय दल प्रदेश ५ ले सरकारले हालै ल्याएका दुवै ल्याएको विधेयक तत्काल फिर्ता लिन माग गरेको छ । प्रदेश सभामा प्रमुख प्रतिपक्षी दलका कार्यवाहक नेता विरेन्द्र कुमार कानोडियाले बुधबार एक प्रेस विज्ञप्ति प्रकाशित गरी अलोकतान्त्रिक एवम् संविधानको मर्म विपरीतका विधेयक तत्काल फिर्ता लिन माग गरेका हुन् । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोनाको संक्रमणसँग पूरै विश्व एक भएर लडिरहेको विषम परिस्थितिमा नेपाल सरकारले हतार( हतारमा जारी गरेको संवैधानिक परिषद र राजनैतिक दल सम्बन्धी दुवै अध्यादेशप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको भन्दै विज्ञप्तिमा संसदमा बलियो जनमत रहदा पनि अध्यादेशमार्फत पार्टी विभाजन सहज गराउने अध्यादेश पारित गर्नु घृणित राजनीति तथा संवैधानिक निकायमाथिको पूर्ण नियन्त्रणबाट शासन चलाउन खोज्नु नेपालको लोकतान्त्रिक आन्दोलनकै उपहास भएको जनाइएको छ ।
कोरोनाको संक्रमणबाट नेपाल र नेपालीको रक्षा गर्नुपर्ने यो घडीमा सबै खाले विमति र आग्रहहरुबाट माथि उठेर सरकारको प्रधान दायित्व भनेको कोरोना र भोकमरीबाट नेपाली जनतालाई जोगाउनु हो भन्दै विज्ञप्तिमा दैनिक मजदुरी गरेर जीविकोपार्जन गर्ने लगायत न्यून आय भएका नागरिकलाई राहत वितरण, बाटोमा अलपत्र भएका नागरिकको बासोवास एवम् खानपिनको व्यवस्था तथा विदेशमा रहेका कोरोना भाइरस पीडित नेपालीको उद्दार तथा संरक्षण गर्नु सरकारको जिम्मेवारी र दायित्व भएको स्मरण गराइएको छ । मुख्य विषयलाई थाती राखेर वर्तमान सरकारले गलत नियतका साथ संविधानको मूल मर्म र भावना विपरित अध्यादेशहरु जारी गरेको उल्लेख गर्दै विज्ञप्तिमा सो कदमलाई लोकतान्त्रिक पद्दतिको आत्मा मानिने शक्ति पृथकीकरणको मान्यतामाथिको नाङ्गो आक्रमण भएको जनाइएको छ ।

प्रकाशित मिति : बुधबार, बैशाख १० २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij