बुटबलको कोरोना कोषमा प्याब्सन नगरको ५लाख ७२ हजार सहयोग

बुटबलको कोरोना कोषमा प्याब्सन नगरको ५लाख ७२ हजार सहयोग

बुटवल
निजि तथा आबासिय बिद्यालय अर्गनाइजेसन प्याब्सन बुटवल नगर समितिद्वारा बुधबार बुटवल उपमहानगरपालिकाको बिपत कोषमा ५ लाख ७२ हजार ५ सय ५५ रुपैया प्रदान गरेको छ ।प्याब्सन बुटवलका अध्यक्ष कुलराज शर्माको नेतुत्वमा गएको टोलिले एक समारोह बीच नगर प्रमुख शिबराज सुबेदीलाई राहत रकमको चेक हस्तान्तरण गरे । प्याब्सनमा आबद्ध रहेका बुटवल नगरक्षेत्र भित्रका निजी बिद्यालयहरुले संकलन गरेको एकमुष्ट रकम कोरोना भाइरसको महामारीमा बिपत्तिमा परेका बिपन्न नागरिकको सहयोगका लागि सो रकम प्रदान गरिएको नगर अध्यक्ष शर्माले बताए ।चेक हस्तान्तरण कार्यक्रममा नगरप्रमुख शुबेदीले बिपन्न नागरिकका लागि भनी प्रदान गरिएको रकमले नगरपालिकालाई आफ्नो नगरका बिपन्न नागरिकलाई सहयोगका लागि टेवा पुग्ने धारणा राखे । राहत रकम प्रदान कार्यक्रमको संचालन सचिब मित्र हरी आचार्यले गरेका थिए।त्यसैगरी प्याब्सन केन्द्रिय समितिको राहत कोषका लागि पनि नगर समितिले आफ्नो मातहतका बिधालयबाट थप रकम समेत संकलन गरेको छ।

प्रकाशित मिति : बुधबार, बैशाख १० २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij