पत्रकार महासंघद्धारा पत्रकारका लागि सुरक्षा सामाग्री प्रदान

पत्रकार महासंघद्धारा पत्रकारका लागि सुरक्षा सामाग्री प्रदान

बुटवल ।
नेपाल पत्रकार महासंघ रुपन्देहीले विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसबाट सुरक्षित रहँनका लागि पत्रकारहरुलाई सुरक्षा सामाग्री वितरण गरेको छ ।
आज महासंघ रुपन्देहीले नेपाल औषधी व्यवसायी संघ रुपन्देही शाखाको सहयोगमा पत्रकारहरुका लागि मेडिकल मास्क, सेनिटाईजर र ग्लोब्स वितरण गरेको हो । आम नागरिकहरुलाई सुुसुचित गर्नका स्थलगत रुपमा नै खटिएर निरन्तर रिर्पोटिङ गर्नुपर्ने, सञ्चारगृहसम्म आउजाउ गर्नुपर्ने एक सय जना पत्रकारहरुलाई सुरक्षा सामाग्री वितरण गरिएको महासंघ रुपन्देहीका अध्यक्ष यानेन्द्र जिसिले जानकारी दिनुभयो ।
पत्रकारहरु जस्तोसुकै विपदमा समेत अग्रभागमा रहेर निरन्तर रिर्पोटिङ गर्नुपर्ने पेशागत जिम्मेवारी भएकाले न्यूनतम सुरक्षा सामाग्री उपलब्ध गराइएको उनले बताउनुभयो । अझै पत्रकार महासंघका सदस्य तथा अन्य सञ्चारकर्मीहरुलाई सुरक्षा सामाग्री आवश्यक भएको भन्दै त्यसका लागि पहल भइरहेको अध्यक्ष जिसिले बताउनुभयो ।
नेपाल औषधी व्यवयासी संघ रुपन्देहीका अध्यक्ष सुरज भट्टराईले यो विषम परिस्थितीमा थुप्रै कठिनाई भोगेर पनि जनता सुसुचित गराउने काममा खटिएका सञ्चारकर्मीहरुलाई सुरक्षा सामाग्री वितरण गर्न पाउदा खुशी लागेको बताउनुभयो । उहाले रुपन्देहीमा रहेका औषधी व्यवसायीले उत्पादन गरेका सुरक्षा सामाग्रीहरु पत्रकारलाई उपलब्ध गराइएको जानकारी दिदै औषधीको सहजताका लागि पनि पहल गरिरहेको बताउनुभयो ।
बुटवल, भैरहवा, देवदह, सैनामैना गरि सबै क्षेत्रका पत्रकार महासंघका सदस्यहरुलाई सुरक्षा सामाग्री उपलब्ध गराइएको हो । महासंघले यसअघि फिस्टेल सर्भिसको सहयोगमा मास्क, सेनिटाईजर वितरण गरेको थियो । आम नागरिकलाई सूचना दिनका लागि आवश्यक सुरक्षा अपनाएर मात्रै रिर्पोटिङ गर्न तथा असहज अवस्था भए नेपाल पत्रकार महासंघसँग समन्वय गर्न समेत आग्रह गरेको छ ।\

 

प्रकाशित मिति : बुधबार, बैशाख १० २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij