उदयपुरमा कोरोनाको बढ्दो प्रकोपबारे प्रमुख सचेतक खाणद्धारा स्वास्थ्यमन्त्री ढकालसँग टेलिफोन संवाद

उदयपुरमा कोरोनाको बढ्दो प्रकोपबारे प्रमुख सचेतक खाणद्धारा स्वास्थ्यमन्त्री ढकालसँग टेलिफोन संवाद

काठमाडौं ।
नेपाली काँग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाण र स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालबीच टेलिफान संवाद भएको छ । उनीहरुबीच उदयपुरमा कोराना भाइरस महामारी प्रकोप बढ्दै गइरहेको सन्दर्भमा सरकारद्वारा हालसम्म नियन्त्रण, परिक्षण तथा उपचारमा भएको पहलबारे कुराकानी भएको दलको कार्यालयका अधिकृत विजयेन्द्र वीर आलेद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
खाणले उदयपुरमा उच्च सतर्कता अपनाई केन्द्रीयस्तरको विशेषज्ञ उपचार एवं परिक्षण टोली परिचालनका साथै कोरोना भाइरसको परिक्षण गर्ने पिसिआर मेशिन जडान तथा आवश्यक स्वास्थ्य सामग्री र उपकरणको व्यवस्था गर्नुपर्ने विषयमा विशेष जोड दिए ।
कुराकानीको क्रममा स्वास्थ्य मन्त्री ढकालले खाणलाई पिसिआर मेशिन जडानबारे शीघ्र आवश्यक व्यवस्था गर्ने बताएका थिए । त्यसैगरी काँग्रेसकी प्रतिनिधि सभा सदस्य लक्ष्मी परियारले आजै स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पुग्नु भई स्वास्थ्य राज्यमन्त्री नवराज रावतसँग भेट गरी उयदपुरमा व्यापक रुपमा कोरोना भाइरस परिक्षणको दायरा बढाउन आग्रह गरेकी थिइन् ।
यसका साथै उदयपुरबाट परिक्षण ल्याब टाढा रहेकोले परिक्षण कार्यमा ढिलाइ हुने हुँदा जिल्लामा नै परिक्षण ल्याब स्थापना गर्नुपर्ने र परिक्षण किटको अभाव भएको हुँदा तत्काल उपलब्ध गराउनु पर्नेबारे सांसद परिवाले राज्यमन्त्रीको ध्यानाकर्षण गराइन् ।
परियारले स्वास्थ्य सचिव यादव प्रसाद कोइरालालाई समेत भेट गरी उदयपुरलाई उच्च प्राथमिकतामा राखी आवश्यक प्रबन्ध मिलाउन आग्रह गरेकी थिइन् ।
राज्य मन्त्री र सचिवले उदयपुरको विषयमा स्वास्थ्य मन्त्रालय अत्यन्त गम्भीर रहेको र आवश्यक परिक्षण किट जिल्लामा पठाइसकेकोबारे जानकारी गराएका थिए ।
राज्य मन्त्री र सचिवले साथै परिक्षण ल्याव स्थापनाका लागि आवश्यक पिसिआर मेशिन जाडनका लागि यथाशीघ्र पहल गर्ने बताएको विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति : बिहिबार, बैशाख ११ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij