कोरोना भाइरसविरुद्धको औषधिको पहिलो परीक्षण असफल भयो

कोरोना भाइरसविरुद्धको औषधिको पहिलो परीक्षण असफल भयो

काठमाडौं,

कोरोना भाइरस संक्रमणविरुद्ध बनेको एक एन्टिभाइरल औषधिको परीक्षण असफल बनेको छ। रेमडेसिभयर नामक एन्टी भाइरल औषधिलाई लिएर विश्वले ठूलो आसा गरेको थियो। तर विश्व स्वास्थय संगठनले उक्त औषधिको परीक्षण असफल बनेको जनाएको छ। उक्त औषधि दुई सय ३७ जना विरामीमा परीक्षण गरिएको थियो। औषधि प्रयोग गरिएको एक महिनापछि १३ दशमलव ९ प्रतिशत बिरामीको मृत्यु भयो। यसको तुलनामा प्लेसिबो दिइएका १२ दशमलब ८ प्रतिशत बिरामीको मृत्यु भयो। साइड इफेक्टका कारण परीक्षणलाई पहिले नै रोकिएको थियो।

रेमडेसिभयर औषधिको प्रयोगले बिरामीमा सुधार देखिएन। अर्थात यो औषधीले बिरामीको रगतमा भाइरस कम भएन। त्यसैले यसको परीक्षण असफल भएको रिपोर्ट विश्वस्वास्थ्य संगठनले प्रकाशित गरेको थियो। तर, रिपोर्टको ड्राफ्ट गल्तीले अपलोड भएको थियो र पछि हटाइएको थियो। रिपोर्ट अनुसार यो परीक्षण दुई सय ३७ विरामीमा गरिएको थियो। ती मध्ये १५८ लाई रेमडेसिभयर दिइएको थियो भने बाँकी ७९ लाई प्लेसिबो।

के भन्छ कम्पनी अमेरिकी फर्म गिलिएड साइन्सले विश्व स्वास्थ्य संगठनको पोस्टलाई लिएर विरोध गरेको छ। कम्पनीका प्रवक्ताले भनेका छन्, ‘यो पोस्टमा अध्ययनसँग जोडिएका अनुचित जानकारीसमेत समावेश थिए। यस्तो अध्ययनका परिणाम अनिर्णायक हुन्छन्। यद्यपी जुन तथ्यांक छ, त्यो रेमडेसिभयरबाट सम्भावित लाभ देखिएको छ। खासगरी ती बिरामीको लागि जसको उपचार शुरुवाती समयमै भएको थियो। परीक्षण असफल भएपनि औषधि अघि बढाउन बाटो बन्द भने नभएको बताइएको छ। आगामी समयमा यो औषधि पुनः परीक्षण गरिनेछ। बीबीसी

प्रकाशित मिति : शुक्रबार, बैशाख १२ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij