काठमाडौं ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हालसम्म ४९ हजार ३३६ जनामा कोरोना परीक्षण गरिएको जनाएको छ ।
मन्त्रालयले नियमित गर्दै आएको ‘प्रेस ब्रिफिङ’मा शनिबार मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले ‘आरडीटी’बाट ३९ हजार ६७० जनाको परीक्षण गरिएको र ‘पीसीआर’बाट नौ हजार ६६६ जनाको परीक्षण गरिएको जानकारी दिए ।
यस्तै, हाल प्रदेशहरुमा २५ हजार ४४६ जनाको आरडीटी परीक्षण गरिएको भन्दै डा. देवकोटाले प्रदेश नम्बर–५ मा सबैभन्दा बढी सात हजार ९५६ जना ‘क्वारेन्टाइन’मा रहेको र सबैभन्दा कम वाग्मती प्रदेशमा रहेको जानकारी दिए ।
यस्तै, भरतपुरको कोरोना अस्पतालमा उपचारमा रहेका २७ वर्षीय युवक पनि निको भएसँगै कोरोनालाई जित्नेको संख्या १२ पुगेको र अझै ३७ जना विभिन्न अस्पतालमा उपचारमा रहेको उनले जानकारी दिए ।
गर्मीयाम सुरु भएसँगै औलोको खतरा पनि बढेको भन्दै डा. देवकोटाले क्वारेन्टाइनमा रहेकाहरुमा पनि औलो देखिएको बताए ।
सो अवसरमा परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालका निर्देशक डा. जागेश्वर गौतमले गर्भवती महिलाको स्वास्थ्यमा गम्भीर समस्या देखिएमात्र अस्पताल आउन आग्रह गरे ।
प्रकाशित मिति : शनिबार, बैशाख १३ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्