काठमाण्डाै
कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले लकडाउन एक साता लम्ब्याउन सुझाव दिएको छ।
शनिबार बसेको बैठकले लकडाउनको मोडालिटी तयार पार्न मुख्य सचिव लोकदर्शन रेग्मी नेतृत्वको कार्यदललाई जिम्मेवारी दिएको थियो।
मुख्य सचिव नेतृत्वको कार्यदलले एक साता लकडाउन थप्ने र ठाउँ हेरेर खुकुलो गर्न सकिने समेत सुझाव दिएको छ।
लकडाउन विथ कम्फर्टेवल लाइफ’का लागि के गर्न सकिन्छ भनेर सुझाव ल्याउन समेत मन्त्रालयका सचिवहरूलाई समितिले भनेको थियो।
उच्च सुरक्षा सतर्कताका साथ विकास निर्माणका काम गर्न सक्ने गरी व्यवस्था मिलाउन सकिने समेत समितिको सुझाव रहेको स्रोतले सेतोपाटीलाई बतायो।यद्यपी सार्वजनिक सवारी साधन भने चल्न पाउने छैनन्।
समितिले सुझाव दिए पनि अन्तिम निर्णय भने मन्त्रिपरिषद बैठकले नै गर्नेछ।
प्रकाशित मिति : शनिबार, बैशाख १३ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्