काठमाण्डाै – ‘लकडाउन’लाई थप कडाइ गर्न गृह मन्त्रालयले मातहतका निकायलाई निर्देशन दिएको छ । मन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालयलाई साेमबार परिपत्र गर्दै पास नभएका कुनै पनि गाडी आवत जावतमा रोक लगाउन निर्देशन दिएको हो ।
बीच बाटाेमा पुगेका र बिचल्लीमा परेका मजदुर र नागरिकको उद्धार भइसकेको भन्दै कडाइ गर्न गृह मन्त्रालयले निर्देशन दिएको हाे । मन्त्रालयले साेमबारदेखि पास नभएका सबै प्रकारका गाडी सञ्चालनमा रोक लगाउन भनेको हो ।
हुलमुलका साथ यात्रा गर्दा कोभिड–१९ सङ्क्रमण भएर थप जटिलता निम्त्याउन सक्ने खतरालाई ध्यानमा राखेर निर्देशन दिइएको मन्त्रालयले जनाएको छ ।
सरकारले लकडाउन आउँदो वैशाख २५ गतेसम्म लम्ब्याएको छ । नेपालमा अहिलेसम्म ५२ जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भइसकेको छ भने १६ जना उपचारपछि घर फर्किएका छन् ।
प्रकाशित मिति : सोमबार, बैशाख १५ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्